logo

न्यादी हाइड्रोपावरको सेयर बाँडफाँड, २ लाख ९ हजार २५० जनाले पाए १० कित्ता

    1267   पटक पढिएको

५ कात्तिक/अर्थ र व्यापार – न्यादी हाइड्रो पावर कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीको लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि गत १५ गतेदेखि १९ असोजसम्म निष्कासन गरेको सेयर अहिले बाँडफाँड भएको हो ।
यस कम्पनीको सेयरधनी बन्न आवेदन दिएका मध्ये २ लाख ९ हजार २५० मात्र गोलाप्रथाबाट १० कित्ता सेयर पाएको सो कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । 
कम्पनीको सेयरधनी बन्न २३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ता लागि आवेदन दिएका थिए । यो माग गरिएको भन्दा करिब १४ गुणा बढी हो ।
कम्पनीले गत असोज १५ गतेदेखि सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ मूल्यको सेयरको  बिक्री खुल्ला गरेको थियो । साधारण सेयरको ५ प्रतिशत हुन आउने १ लाख १२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि तथा २ प्रतिशत हुन आउने ४५ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी  २० लाख ९२ हजार  ५ सय कित्ताका लागि  सर्वसाधारणका लागि थियो ।
पहिलो चरणमा स्थानीयबासीका लागि १८ करोड रुपैयाँ मूल्यको १८ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिएको छ । सेयर भर्ने सबै स्थानीयबासीले कम्पनीको सेयर पाएका छन् । यो बुटवल पावर कम्पनी (बिपिसी) को सहायक कम्पनी हो । कम्पनीले लगानी गरेको न्यादी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छ । सिभिल संरचना निर्माण कार्य पूरा भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।