logo

दोहोरो अंकले घट्यो सेयर बजार

    1230   पटक पढिएको

४ कात्तिक / अर्थ र व्यापार – बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार ६० अंकले उकालो लागेको नेप्से परिसूचक बिहीबार १४.७० अंकले घटेर २५५६.९६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले कम हो ।
बिहीबारको बजारमा तीव्र उतारचढाव देखिएको थियो । दिनभरको कारोबारमा अधिकतम २५८५ पुगेको परिसूचक घटेर न्यूनतम २५४४ बिन्दुसम्म झरेको थियो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि घटेको छ । बुधबार २ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार जम्मा २ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
जसमध्ये सबैभन्दा बढी कारोबार गर्नेको अग्रस्थानमा अधिकांश वाणिज्य बैंक रहेका छन् । बिहीबार सानिमा, माछापुच्छ्रे, नबिल र सिद्धार्थ बैंक बढी कारोबार गर्नेको अग्रस्थानमा रहेका छन् । जसमध्ये सानिमा बैंकको सबैभन्दा बढी अर्थात २७ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, दोश्रो स्थानमा रहेको माछापुच्छ्रे बैंकको ११ करोड ५६ लाख रुपैयाँ, तेश्रोमा रहेको नबिलको ९ करोड ६४ लाख र सिद्धार्थ बैंकको ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
दोहोरो अंकले घटेको बजारमा पनि मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६९५ रुपैयाँ पुगेको छ । बिहीबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.८७ प्रतिशतले घटेको छ । बुधबारको तुलनामा संस्थाको सेयर मूल्य १७.६० रुपैयाँले घटेर प्रतिकित्ता २८२ रुपैयाँमा झरेको छ । बजारमा म्युचुअल फण्ड र अन्य समूह बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।