logo

सामलिङ्ग पावरको सेयर आवेदन खुल्ला, २० हजार कित्तासम्म आवेदन दिन सकिने

    1279   पटक पढिएको

४ कात्तिक / अर्थ र व्यापार – ऊर्जा डेभलपर्सको सहायक कम्पनी सामलिङ्ग पावर कम्पनीको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले इलाममा सञ्चालित ९.५२ मेगावाटको माईबेनी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर भर्न बिहीबारदेखि आवेदन खुल्ला गरेको हो ।
प्रति सेयर एकसय रुपैयाँमा अंकित ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता सेयर निष्कासन गरिएको सो कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निस्कासन भएको सेयरमध्ये २ प्रतिशत अर्थात १४ लाख ६० हजार रुपैयाँ बराबरको १४ हजार ६ सय कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।
यसैगरि, ५ प्रतिशत अर्थात ३६ लाख ५० हजार रुपैयाँ बराबरको ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी ७  लाख ७८ हजार ९  सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले छिटोमा आगामी ९ कात्तिकसम्म र ढिलोमा आगामी १८ कात्तिकसम्म आवेदन दिन सक्ने सो कम्पनीले जनाएको छ ।
यस कम्पनीको सेयर निष्कासन तथा बाँडफाँड गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । यो कम्पनीले यसअघि पनि पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले निर्माण सम्पन्न गरेको माइबेनीले विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको विद्युत गत २२ भदामा केन्द्रिय प्रशारण प्रणालीमा जोडिएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।