logo

गभर्नरलाई अर्थमन्त्रीले फोन गरेपछि १६२ अंकले बढ्यो सेयर बजार

    1441   पटक पढिएको


२१ भाद्र / अर्थ र व्यापार– आइतबार १०८ अंकले घटेको सेयर बजार सोमबार १६२ अंकले बढेको छ । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय सेयर बजार निरन्तर झरेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरि समस्या समाधान गर्न भनेसंगै सोमबार सेयर बजार ५.७४ प्रतिशतले बढेर २९८० अंक कायम भएको छ ।
अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई सोमबार बिहान फोन गरेर सेयर ऋणको सीमा १२ करोड सच्याउन निर्देशन दिएका थिए । सो निर्देशनको समाचार बाहिरिएसँगै अकस्मात पहिरो गएको सेयर बजार पुनः उकालो लागेको हो । अर्थमन्त्रीसंगको टेलिफोन सम्वादका क्रममा राष्ट्र बैंकका गभर्नर अधिकारीले सेयर बजारमा उत्पन्न समस्या समाधान गरिने प्रतिवद्धता जनाएका थिए । 
दिनभरको उतारचढावमा नेप्से परिसूचक २८०५ अंकसम्म झरेको थियो। अर्थमन्त्रीको निर्देशनपछि राष्ट्र बैंकले सेयर धितोमा ऋण पाउने सीमा १२ करोडको प्रतिबन्ध हटाउन सक्ने अनुमान लगानीमा छ । आइतबारसम्म घटेका कारण पनि सोमबार सेयर मूल्य सस्तो हुँदा एक्कासी खरिदमा चाप परेको थियो ।  
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार कारोबार रकम भने खुम्चिएको छ । आइतबार ११ अर्ब २४ करोड रुपैयाँको सेयर खरिदविक्री भएकोमा सोमबार सो खरिदविक्रीदर घटेर जम्मा ९ अर्ब ८२ करोडमा सीमित भएको छ । 
यस दिन सबै समूहमा हरियाली छाएको छ । सोमबार बैंकिङ क्षेत्रमा ७८, व्यापार क्षेत्रमा १३३, होटल तथा पर्यटन क्षेत्रमा १९४, विकास बैंक क्षेत्रमा ५०३, जलविद्युत क्षेत्रमा २८३, फाइनान्स तर्फ २५६, निर्जीवन बीमा क्षेत्रमा ६४३, उत्पादन क्षेत्रमा ३९८, अन्य क्षेत्र १५०, माइक्रोफाइनान्स क्षेत्रमा २४१, जीवन बीमा तर्फ ८१७ र लगानी समूह क्षेत्रमा ६ अंकले बढेका छन्।  सोमबार कारोबार भएका सबै कम्पनीको मूल्य बढेको छ । पाँच दर्जन बढी कम्पनीको मूल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ । 
यसैगरि, ज्योति विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर, कामना सेवा विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, कालिका पावर, युनाइटेड इदी मर्दी, ग्रीन डेभलपमेन्ट बैंक, रसुवागढी हाइड्रोपावर, नेसनल हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, अपि पावर, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, फस्ट माइक्रोफाइनान्स, रिलायन्स फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ । 
त्यसैगरि, जलविद्युत लगानी तथा विकास कम्पनी, हिमालयन पावर, छ्याङ्दी हाइड्रोपावर, पन्चकन्या माई हाइड्रोपावर, जोशी हाइड्रोपावर, आँखुखोला जलविद्युत, सप्तकोसी विकास बैंक, हिमाल दोलखा हाइड्रोपावर, लिबर्टी इनर्जी, सांग्रिला डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, सानिमा माइ हाइड्रोपावर, पाँचथर पावर, लुम्बिनी विकास बैंक, दिव्यश्वरी हाइड्रोपावर, राधी विद्युत, माथिल्लो तामाकोसी, घलेम्दी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स, गरिमा विकास बैंकको मूल्य १० प्रतिशतले बढेको छ । 
त्यस्तै, अरुण भ्याली हाइड्रोपावर, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, माउन्टेन हाइड्रो, रिडी हाइड्रोपावर, जानाकी फाइनान्स, बेस्ट फाइनान्स, पोखरा फाइनान्स, शिवश्री हाइड्रोपावर, युनिभर्सल पावर, अरुणकाबेली पावर, सानिमा लाइफ इन्स्योरेन्स, ग्रीनलाइफ हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, मल्टिपर्पोज फाइनान्स, सिइडिबी हाइड्रोपावर, आरएसडिसी लघुवित्त, मन्जुश्री फाइनान्स, बरुण हाइड्रोपावर, बुटवल पावरको मूल्य ९.९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।