logo

आइतबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि, १४ अर्ब ३० करोड ८१ लाखको कारोबार

    1145   पटक पढिएको


२४ साउन/अर्थ र व्यापार– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ।

आइतबार नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१२ विन्दुमा पुगेको छ । आज कुल २२७ कम्पनीका २ करोड ६९ लाख ६९ हजार कित्ता माथिको सेयर १ लाख २६ हजार बढी पटक बजारमा किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाखको कारोबार भएको छ ।

धेरै कारोबार हुने १० कम्पनीमा सबै जलविद्युत कम्पनी परेका छन् । कारोबारका आधारमा अपि पावर कम्पनीको ८१ करोड रुपैयाँको कारोबार हुँदा दोस्रोमा रहेको अरुणभ्यालीको ६० करोड र तेस्रोमा रहेको युनिभर्सल पावरको ५४ करोडको कारोबार भयो ।

आज बैंकिङ ०.०३ अंकले घटेको छ । होटल तथा पर्यटन ३९.९, जीवन बीमा १२५, लघुवित्त ७४, निर्जीवन बीमा २०२, अन्य २० रब्यापार ४० अंकले घटेका छन् । भने विकास बैंक ६६, फाइनान्स २१, जलविद्युत ११५ र उत्पादन समूह ६ अंकले बढेका छन् । 

आइतबार जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । आज अपि पावर, युनिभर्सल पावर र ङादी ग्रुपको मूल्य १० प्रतिशतले बढ्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको मूल्य पनि १० प्रतिशतले बढ्यो । 
आजको कारोबारपछि युनियन लाइफको मूल्य प्रतिकित्ता ५३० रुपैयाँ ९० पैसा पुगेको छ भने जीवन विकासको १६५६ रुपैयाँ ८० पैसा पुगेको छ । 

कर्णाली विकास बैंक र छ्याङ्दी हाइड्रोको मूल्य ९ प्रतिशतले बढ्यो। गुराँस लघुवित्तको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ। जनउत्थान सामुदायिक, सबैको, महिला र कालिका लघुवित्तको मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।