logo

बिहीबार नेप्से १६ अंकले घट्यो, ४ कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि

    1421   पटक पढिएको


२१ साउन/अर्थ र व्यापार– साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १५. ९८ अंकले घटेर ३१०७ अंकमा कायम भएको छ । 

बिहीबार २२६ कम्पनीका १ लाख ३५ हजार ४२ कारोबारबाट २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँ कारोबार भएको छ ।

कारोबारका आधारमा माथिल्लो तामाकोसीको सबैभन्दा ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अपि पावरको ५८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा अरुणभ्यालीको ४९ करोडको किनबेच भएको छ ।

आज नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ । जीवन विकासको मूल्य प्रतिकित्ता १ हजार ५०६ रुपैयाँ पुगेको छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनीको ४८२ रुपैयाँ पुगेको छ । 

फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको मूल्य ८ प्रतिशतले बढेको छ भने जानाकी फाइनान्सको मूल्य ५.८ प्रतिशतले बढ्यो । आज घट्ने कम्पनीमा युनिभर्सल पावरको मूल्य ६.७ प्रतिशतले घटेको छ । बरुण हाइड्रोको पनि ५ प्रतिशतले घटेको छ । 
समूहगत रुपमा विकास बैंक समूह समग्र नेप्से घट्दा पनि ११० अंकले बढेको छ । 

जलविद्युत ७६, जीवन बीमा ५९, उत्पादन ६८, फाइनान्स २६, होटल तथा पर्यटन ४९, माइक्रोफाइनान्स ४०, निर्जीवन बीमा ५६, अन्य १६ र ब्यापार समूह ४४ अंकले घटेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।