logo

बिहीबार नेप्से १६ अंकले घट्यो, ४ कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि

    1168   पटक पढिएको


२१ साउन/अर्थ र व्यापार– साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १५. ९८ अंकले घटेर ३१०७ अंकमा कायम भएको छ । 

बिहीबार २२६ कम्पनीका १ लाख ३५ हजार ४२ कारोबारबाट २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँ कारोबार भएको छ ।

कारोबारका आधारमा माथिल्लो तामाकोसीको सबैभन्दा ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अपि पावरको ५८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा अरुणभ्यालीको ४९ करोडको किनबेच भएको छ ।

आज नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ । जीवन विकासको मूल्य प्रतिकित्ता १ हजार ५०६ रुपैयाँ पुगेको छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनीको ४८२ रुपैयाँ पुगेको छ । 

फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको मूल्य ८ प्रतिशतले बढेको छ भने जानाकी फाइनान्सको मूल्य ५.८ प्रतिशतले बढ्यो । आज घट्ने कम्पनीमा युनिभर्सल पावरको मूल्य ६.७ प्रतिशतले घटेको छ । बरुण हाइड्रोको पनि ५ प्रतिशतले घटेको छ । 
समूहगत रुपमा विकास बैंक समूह समग्र नेप्से घट्दा पनि ११० अंकले बढेको छ । 

जलविद्युत ७६, जीवन बीमा ५९, उत्पादन ६८, फाइनान्स २६, होटल तथा पर्यटन ४९, माइक्रोफाइनान्स ४०, निर्जीवन बीमा ५६, अन्य १६ र ब्यापार समूह ४४ अंकले घटेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।