logo

बिहीबार १५ अंकले घट्यो सेयर वजार, १० अर्ब ९० करोडक कारोबार 

    1153   पटक पढिएको


१४ साउन/अर्थ र व्यापार– साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार १५ अंकले घटेर ३ हजार ७९ अंकमा कायम भएको छ । बुधबार सेयर वजारमा ३ हजार ९४ अंकको रेकर्ड कायम भएको थियो ।

बिहीबार कारोबार पनि घटेको छ । बुधबार १३ अर्ब २९ करोड रुपैयाँको कारोबार भएकोमा आज १० अर्ब ९० करोडको सेयर कारोबार भयो । आज गुडविल फाइनान्सको सबैभन्दा बढी ३३ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भयो । दोस्रोमा हिमालयन डिस्टिलरीको २९ करोडको कारोबार भएको छ । 

आज होटल तथा पर्यटन र विकास बैंक समूह ४५ अंकले बढेको छ भने विकास बैंक समूह ५३ अंकले बढेको छ । आज घट्नेमा बैंकिङ १०, ब्यापार ४, जलविद्युत २८, फाइनान्स ५३, निर्जीवन बीमा ६९, उत्पादन ५३, अन्य १२, माइक्रोफाइनान्स ४ र जीवन बीमा समूह ८६ अंकले घटेका छन् । 

आज रिडी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले बढेको छ । कम्पनीको मूल्य प्रतिकित्ता ७२९ रुपैयाँ पुगेको छ । 
त्यसैगरी आजबाट कारोबार सुरु भएको जीवन विकास लघुवित्तको मूल्य ८ प्रतिशतले बढेको छ । कम्पनीको प्रतिकित्ता ९१४ रुपैयाँमा पहिलो कारोबार भएको थियो । कम्पनीको अन्तिम मूल्य ९८९ रुपैयाँ कायम भयो ।

सप्तकोसी विकास बैंक, युनाइटेड इदी मर्दी, चन्द्रागिरि हिल्सको मूल्य क्रमशः ७.६, ७.५ र ६ प्रतिशतले बढ्यो ।
आज सबैभन्दा धेरै गुडविल फाइनान्सको मूल्य ७.३ प्रतिशतले घटेको छ । माउन्टेन हाइड्रो नेपालको ६, जानाकी फाइनानसको ५.५ प्रतिशतले मूल्य घट्यो । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।