logo

मंगलबार २९ अंकले बढेको सेयर वजारमा नयाँ रेकर्ड कायम, १५ अर्ब रुपैयाँको कारोबार 

    1465   पटक पढिएको


१२ साउन/अर्थ र व्यापार– मंगलबार सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ ।

कारोबारको तेस्रो दिन मंगलबार २९.२४ अंकले बढेको नेप्से परिसूचक ३०७९.६७ विन्दुमा पुगेको छ । जुन अहिलेसम्मकै उच्च विन्दु हो । 
यसअघि आइतबार नेप्सले उच्च विन्दु छोएको थियो सो दिन ३०५८.६३ विन्दुमा रहेको बजारमा आज रेकर्ड बनेको हो । 

सूचकसंगै कारोबार रकम पनि आज बढेको छ । आइतबार र सोमबार सवा १४ अर्ब रुपैयाँ रहेको कारोबार रकम मंगलबार भने सवा १५ अर्ब रुपैयाँ पुगेको छ ।

आज एनआइसी एसिया बैंकको सर्वाधिक करिब ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा अपि पावरको ४८ करोड, युनाइटेड मोदी हाइड्रोपावरको ३६ करोड, सानिमा माइ हाइड्रोको ३५ करोड र नेशनल हाइड्रोपावरको ३४ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

मंगलबार १० प्रतिशत हाराहारी मूल्य बढेर सर्किट ब्रेकर लागेका १४ कम्पनीमध्ये ११ वटा जलविद्युत कम्पनी रहेका छन । बाँकी तीनवटा फाइनान्स कम्पनी रहेका छन् ।

युनाइटेड मोदी, नेपाल हाइड्रो डेभलपर, खानिखोला, जोशी र घलेम्दी हाइड्रोको मूल्य १० प्रतिशतले बढेको छ । मल्टिपर्पोज, जानकी र पोखरा फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशत हाराहारी नै बढेको हो ।

अधिकांस उपसमूह हरियो हुँदा उत्पादन समूह ३०५ अंकले बढेको छ । जीवन बीमा समूह २६० अंक, हाइड्रोपावर १२० अंक र फाइनान्स समूह ७१ अंकले बढेका छन् ।

सर्वाधिक मूल्य घट्नेमा सपोर्ट, उन्नती सुरक्षा, जनउत्थान, स्वाभिमान र समता लघुवित्तको सेयर मूल्य तीनदेखि पाँच प्रतिशतसम्म घटेको छ । आज लघुवित्त समूह ११६ अंकले घटेको छ । होटल तथा पर्टन १८ र बैंकिङ समूह ३ अंकले घटेको छ ।

आज कुल २२५ कम्पनीको सेयर किनबेच भएकोमा ११० कम्पनीको सेयरमा लगानी गर्नेले कमाएका छन् भने ६ वटा कम्पनीको मूल्य स्थिर रहँदा बाँकी ६७ कम्पनीका लगानीकर्ताले गुमाए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।