logo

मंगलबार २९ अंकले बढेको सेयर वजारमा नयाँ रेकर्ड कायम, १५ अर्ब रुपैयाँको कारोबार 

    1196   पटक पढिएको


१२ साउन/अर्थ र व्यापार– मंगलबार सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ ।

कारोबारको तेस्रो दिन मंगलबार २९.२४ अंकले बढेको नेप्से परिसूचक ३०७९.६७ विन्दुमा पुगेको छ । जुन अहिलेसम्मकै उच्च विन्दु हो । 
यसअघि आइतबार नेप्सले उच्च विन्दु छोएको थियो सो दिन ३०५८.६३ विन्दुमा रहेको बजारमा आज रेकर्ड बनेको हो । 

सूचकसंगै कारोबार रकम पनि आज बढेको छ । आइतबार र सोमबार सवा १४ अर्ब रुपैयाँ रहेको कारोबार रकम मंगलबार भने सवा १५ अर्ब रुपैयाँ पुगेको छ ।

आज एनआइसी एसिया बैंकको सर्वाधिक करिब ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा अपि पावरको ४८ करोड, युनाइटेड मोदी हाइड्रोपावरको ३६ करोड, सानिमा माइ हाइड्रोको ३५ करोड र नेशनल हाइड्रोपावरको ३४ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

मंगलबार १० प्रतिशत हाराहारी मूल्य बढेर सर्किट ब्रेकर लागेका १४ कम्पनीमध्ये ११ वटा जलविद्युत कम्पनी रहेका छन । बाँकी तीनवटा फाइनान्स कम्पनी रहेका छन् ।

युनाइटेड मोदी, नेपाल हाइड्रो डेभलपर, खानिखोला, जोशी र घलेम्दी हाइड्रोको मूल्य १० प्रतिशतले बढेको छ । मल्टिपर्पोज, जानकी र पोखरा फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशत हाराहारी नै बढेको हो ।

अधिकांस उपसमूह हरियो हुँदा उत्पादन समूह ३०५ अंकले बढेको छ । जीवन बीमा समूह २६० अंक, हाइड्रोपावर १२० अंक र फाइनान्स समूह ७१ अंकले बढेका छन् ।

सर्वाधिक मूल्य घट्नेमा सपोर्ट, उन्नती सुरक्षा, जनउत्थान, स्वाभिमान र समता लघुवित्तको सेयर मूल्य तीनदेखि पाँच प्रतिशतसम्म घटेको छ । आज लघुवित्त समूह ११६ अंकले घटेको छ । होटल तथा पर्टन १८ र बैंकिङ समूह ३ अंकले घटेको छ ।

आज कुल २२५ कम्पनीको सेयर किनबेच भएकोमा ११० कम्पनीको सेयरमा लगानी गर्नेले कमाएका छन् भने ६ वटा कम्पनीको मूल्य स्थिर रहँदा बाँकी ६७ कम्पनीका लगानीकर्ताले गुमाए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।