logo

सोमबार नेप्से परिसूचक १३.९७ अंकले बढ्यो, ११ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच 

    1077   पटक पढिएको


४ साउन/अर्थ र व्यापार– सोमबार नेप्से परिसूचक १३. ९७ अंकले बढेर २९९४ अंकमा पुगेकोे छ ।   

सोमबार आईतबारको तुलनामा कारोबार सामान्य बढेको छ । आज ११ अर्ब ८१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आईतबार ११ अर्ब ६३ करोडको कारोबार भएको थियो। 

आज ब्यापार १९६, निर्जीवन बीमा १०१, उत्पादन ४१, जीवन बीमा समूह ५३, बैंकिङ १० र अन्य १६ अंकले बढेका छन् । 
आज घट्नेमा विकास बैंक १८, फाइनान्स समूह २९, होटल तथा पर्यटन १६, माइक्रोफाइनान्स ४ र जलविद्युत १ अंकले घटेका छन् ।  

सिनर्जी पावर डेभलपमेन्टको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै विशाल बजार कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो भने नेपाल इन्स्योरेन्सको मूल्य साढे ७ प्रतिशतले बढेको छ । गोर्खा फाइनान्सको मूल्य सबैभन्दा धेरै ३.६ प्रतिशतले घटेको छ । मन्जुश्री फाइनान्सको मूल्य ३ प्रतिशतले घटेको छ । 

कारोबारका आधारमा आज एनआइसी एसिया बैंकको सबैभन्दा बढी ३५ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा नबिल बैंकको ३३ करोडको कारोबार भयो भने नेपाल बंगलादेश बैंकको ३१ करोडको कारोबार भएको छ ।  
  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।