logo

मेरो सेयरमा थपियो ‘माइ होल्डिङ’ फिचर

    1350   पटक पढिएको


४ साउन/अर्थ र व्यापार– मेरो सेयर सफ्टवेरमा ‘माइ होल्डिङ’ नयाँ फिचर थपिएको छ । 

केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले नयाँ आर्थिक वर्षसँगै दोस्रो बजारमा हुने सेयर खरिद बिक्रीको करमा भएको दुई थरी प्रावधानलाई सहजीकरण गर्न यस्तो फिचर थपिएकोे जनाएको छ ।

सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले लगानीकर्ताले कुन सेयर कति समय होल्ड गरेर बिक्री गरेको हो भन्ने विवरण यकिन गरी पुँजीगत लाभकर गणना गर्नका लागि यस्तो सुबिधा थप गरिएकोे जानकारी दिए । 

सूचना अधिकारी न्यौपानेका अनुसार नयाँ फिचरबाट लगानीकर्ताले आफूले बेचेको सेयर कति समय होल्ड भएर बिक्री गरियो र त्यसमा कति पूँजीगत लाभकर लाग्ने भन्ने थाहा हुने बताए ।

नयाँ आर्थिक वर्ष सुरु भएपछि एकवर्ष भन्दा धेरै समय होल्ड गरेर बिक्री गर्ने लगनीकर्तालाई ५ प्रतिशत र सो भन्दा कम अवधिमा सेयर बिक्री गर्ने लगानीकर्तालाई ७.५ प्रतिशत पुँजीगत लाभकरको व्यवस्था गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।