logo

सेयर वजार एकै दिन ९७ अंकले बढ्यो, ११ अर्ब ६३ करोड रुपैयाँको कारोबार 

    1188   पटक पढिएको


३ साउन/अर्थ र व्यापार– चालू आर्थिक वर्षको पहिलो करोबार दिन नेप्से परिसूचक ९७.२१ अंकले वृद्धि भएको छ ।

सेयर वजार एकै दिन ९७ अंकले बढेपछि कारोबार रकम पछिल्लो एक महिनायताकै सर्वाधिक ११ अर्ब ६३ करोड रुपैयाँको भएको छ ।

यसअघि गत महिना असार ८ गते अन्तिमपटक १० अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो । झण्डै एक महिनापछी कारोबार रकम समेत १० अर्ब रुपैयाँ नाघेको हो ।

आइतवार बजार बढेसँगै कारोबारमा आएका २२१ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज ङादी ग्रुप पावर कम्पनी, समृद्धि फाइनान्स, हिमालयन पावर पार्टनर, सिन्धु विकास बैंक र सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।पाँच ओटै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । 

आज समृद्धि फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ५१५.९० पुगेको छ । त्यसैगरी सिन्धु विकास बैंकको शेयरमूल्य रू.४४१.१०,ङादी ग्रुप पावरको रू. ६२७, हिमालयन पावर पार्टनरको रू.४९३ र सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य रू.४७६ पुगेको छ ।

सबै उपसमूह हरियो भएको बजारमा जीवन बीमा समूह सर्वाधिक ६४८ अंकले बढेको छ । निर्जीवन बीमा समूह ४४१ अंक, विकास बैंक समूह २३३ अंक, लघुवित्त समूह १९० अंक, उत्पादन समूह १६५ अंक, र बैकिङ समूह ९२ अंकले बढेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।