logo

सेयर वजार एकै दिन ९७ अंकले बढ्यो, ११ अर्ब ६३ करोड रुपैयाँको कारोबार 

    1447   पटक पढिएको


३ साउन/अर्थ र व्यापार– चालू आर्थिक वर्षको पहिलो करोबार दिन नेप्से परिसूचक ९७.२१ अंकले वृद्धि भएको छ ।

सेयर वजार एकै दिन ९७ अंकले बढेपछि कारोबार रकम पछिल्लो एक महिनायताकै सर्वाधिक ११ अर्ब ६३ करोड रुपैयाँको भएको छ ।

यसअघि गत महिना असार ८ गते अन्तिमपटक १० अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो । झण्डै एक महिनापछी कारोबार रकम समेत १० अर्ब रुपैयाँ नाघेको हो ।

आइतवार बजार बढेसँगै कारोबारमा आएका २२१ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज ङादी ग्रुप पावर कम्पनी, समृद्धि फाइनान्स, हिमालयन पावर पार्टनर, सिन्धु विकास बैंक र सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।पाँच ओटै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । 

आज समृद्धि फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ५१५.९० पुगेको छ । त्यसैगरी सिन्धु विकास बैंकको शेयरमूल्य रू.४४१.१०,ङादी ग्रुप पावरको रू. ६२७, हिमालयन पावर पार्टनरको रू.४९३ र सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य रू.४७६ पुगेको छ ।

सबै उपसमूह हरियो भएको बजारमा जीवन बीमा समूह सर्वाधिक ६४८ अंकले बढेको छ । निर्जीवन बीमा समूह ४४१ अंक, विकास बैंक समूह २३३ अंक, लघुवित्त समूह १९० अंक, उत्पादन समूह १६५ अंक, र बैकिङ समूह ९२ अंकले बढेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।