logo

पर्यटन उद्यमी श्याम मोहन श्रेष्ठको किताब ‘काठमाडौं–पेरिस–काठमाडौं रेल–बस यात्रा’सार्वजनिक

    2674   पटक पढिएको


२७ पुस/अर्थ र व्यापार– पर्यटन उद्यमी एवम् नेपाल–फ्रान्स चेम्बर अफ कमर्सका अध्यक्ष श्याम मोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौं–पेरिस–काठमाडौं रेल–बस यात्रा’ सार्वजनिक भएको छ ।

इतिहासविद् एवम् वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी, नेपाल राष्ट बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपाल, नेपालका लागि फ्रान्सेली राजदूत, पूर्वपरराष्टमन्त्री रमेशनाथ पाण्डे, पर्यटन उद्यमी एवम् लेखक कर्ण शाक्य, र लेखक श्रेष्ठले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरे ।

इतिहासविद् सत्यमोहन जोशीले यो पुस्तकमा लेखक श्रेष्ठले जीवनमा जे देखेका छन्, तिनलाई सरल र निःस्वार्थभावले प्रस्तुत गरेको बताए ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले सार्वजनिक पुस्तकले नेपाल र फ्रान्सबीचको सम्बन्धलाई उजागर गर्ने बताए ।

कार्यक्रममा पर्यटन उद्यमी एवम् लेखक कर्ण शाक्यले पुस्तकले सकारात्मक र कर्मशील हुन सघाउने प्रतिक्रिया दिए ।

पूर्वपरराष्टमन्त्री रमेशनाथ पाण्डेले पुस्तक जीवनको यथार्थ अनुभव गरेको व्यक्तिको कथा भएको भन्दै एउटा पुस्ताको अनुभव अर्का पुस्तामा हस्तान्तरण गर्ने काम यो पुस्तकले गरेको बताए ।

पुस्तकमा लेखकले बाल्यकालदेखि जागिरे जीवन र आफ्नो जीवनमा आइपरेका कठिनाइ, संघर्ष एवम् विविध आश्चर्यजनक संयोगहरूलाई सरल किसिमले प्रस्तुत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।