logo

उद्योग परिसंघमा सात उपाध्यक्ष चयन, अधिकांस युवा व्यवसायी

    4992   पटक पढिएको


१२ साउन/अर्थ र व्यापार– नेपाल उद्योग परिसंघमा सात जना उपाध्यक्ष चयन भएका छन्। परिसंघको १८औं वार्षिक साधारणभाबाट चयन भएका ३७ जना राष्ट्रिय परिषद सदस्यमध्येबाट सात उपाध्यक्ष चयन गरिएको हो ।

परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भइसकेका छन् । उपाध्यक्षको आकांक्षी धेरै हुँदा उपाध्यक्ष चयनमा सहमतिमा मिलाउन निकै सकस भएको थियो ।

अन्तत परिसंघमा उपाध्यक्ष चयनको छिनोफानो भएको छ । उपाध्यक्षमा चयन भएका सबैजसो युवापुस्ताका व्यवसायी रहेका छन् ।
परिसंघको उपाध्यक्षमा आइएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल, चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरी, जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रवन्ध निर्देशक राजबहादुर शाह, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता चयन भएका छन् ।

त्यसैगरी, अन्य उपाध्यक्षहरुमा नेपाल आदर्श निर्माण कम्पनीका संचालक वीरेन्द्रबहादुर पाण्डे, आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राजेश अग्रवाल र चितवनका उद्योगी कृष्णप्रसाद अधिकारी रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।