logo

टानको प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देवकोटाको उम्मेदवारी, व्यवसायी र मजदुरको बिचमा देखिएका समस्या समाधान गर्ने एजेण्डा

    3016   पटक पढिएको

१७ भाद्र / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा अनुभवि पर्यटन व्यवसायी तथा नेपाल गाईड ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक प्रकाशचन्द्र देवकोटाले अञ्जन थापा (कुमार) समुहवाट प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । विगत २२ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशिल देवकोटा होटल व्यवसायमा पनि आवद्ध छन ।

२०३२ सालमा गोरखा जिल्लाको भिमसेन गाउँपालिका खागीथोकमा जन्मिएका देवकोटा करीब २२ वर्षदेखि टे«किङको क्षेत्रमा आवद्ध रहँदै आएका छन । प्रविणता प्रमाणपत्र तहको अध्ययन पूरा गरेका देवकोटा पदयात्रा क्षेत्रको तल्लो तहदेखि नै क्रियाशिल रहँदै आएका हुन । पदयात्रा व्यवसायको सहयोगी कर्मचारी र गाइड हुँदै कम्पनी संचालकसम्म बनेका उनी सहासिक पर्वतीय पर्यटन व्यवसायलाई राम्ररी बुझेको व्यक्ति मानिन्छन ।

अष्ट्रेलियाको फ्रेण्ड्स अफ नेपालसँग समेत आवद्ध रउनको समाजसेवामा पनि उत्तिकै रुची छ । उनले सोही संस्था मार्फत डोल्पा लगायतका जिल्लाहरुमा समेत शिक्षा र स्वास्थ्यको क्षेत्रमा योगदान गर्दै आएका छन ।

“नेपालको पदयात्रा पर्यटन क्षेत्रमा दुई दशकभन्दा वढि समय विताउँदा प्राप्त अनुभवलाई टान र नेपालको पदयात्रा पर्यटन क्षेत्रको विकासमा लगाउन सकिन्छ भनेर जान चाहेको हुँ”–प्रथम उपाध्यक्ष पदका उम्मेदवार देवकोटाले वताए । टानका विगतका नेतृत्वले गरेका राम्रा कामलाई निरन्तरता दिन र गर्न नसकेका कामहरु आगामी नेतृत्वले पुरा गर्नुपर्ने उनको धारणा छ । टान नेतृत्वमा जो गएपनि व्यवसाय र व्यवसायीको हितमा काम गर्नुपर्ने मान्यता उनी राख्छन ।

आजको सन्दर्भमा व्यवसायी र मजदुरको विचमा देखिएका समस्या समाधान गर्ने, टिम्सको कोषलाई सहि र प्रभावकारी ढंगले खर्च गर्ने वातावरण निर्माण गर्ने, व्यवसायीका पिरमर्कामा टान सहयोगी बन्न सक्ने वातावरण निर्माण गर्नु नै आफ्ना एजेण्डाहरु भएको उनले वताए । “टानमा गएर सामुहिक ढंगले नेपालको पदयात्रा पर्यटन क्षेत्रका समस्याहरुको समाधान,यो क्षेत्रको विकास,नितिगत समस्याको समाधानमा आँफु र टान नेतृत्वलाई केन्द्रित गराउनेछु”–देवकोटाले भने ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।