logo

एक वर्षमा आयल निगम १३ अर्ब नाफामा

    2313   पटक पढिएको

१३ पुस/अर्थ र व्यापार– नेपाल आयल निगमले एक वर्षको अवधिमा रू. १२ अर्ब ८७ करोड नाफा कमाएको छ । लामो समयदेखि घाटामा रहेको निगम पछिल्ला वर्षमा नाफामा गएको हो ।

निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार कोभिड–१९प्रभाव र गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीकाबीच समग्रमा पाँच प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गर्न सफल भएको हो ।

मोतिहारी अमलेखगञ्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात हुँदा ढुवानी रकम बचत हुनु,का अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दानी, अन्तरराष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

निगमका कार्यकारी निर्देशक शुरेन्द्र पौडेलले ब्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपिजी ग्यासमा दिँदै आएको अनुदान घटेका कारण आर्थिक वर्ष २०७६/७७ मा निगमको नाफा बढेको बताए । 

दश महीनाको अवधिमा निगमले पाइपलाइनबाट डिजेल ढुवानी गर्दा रू. १ अर्ब ४७ करोड बचत भएको प्रतिवेदनमा उल्लेख छ । भने गत वर्षको नाफा रकमको बैंक ब्याजबाट मात्रै १ अर्ब ७७ करोड आम्दानी भएको निगमको जानकारी दिएको छ ।

निगमले आव २०७२/७३ मा रू. १९ अर्ब ३६ करोड, आव २०७३/७४ मा रू. ९ अर्ब ४५ करोड, २०७४/७५ मा रू.तीन अर्ब ५८ करोड, २०७५/७६ मा ८ अर्ब ७५ करोड र गत आव २०७६/७७ मा रू. १२ अर्ब ८७ करोड नाफा कमाएको छ ।

निगमले गत आवमा सरकारलाई रू. ६६ अर्ब ८८ करोड राजस्व बुझाएको प्रतिवेदनमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।