logo

अर्थमन्त्रीका छोरा तिलक खतिवडाले जनता बैंक छाडे, बढुवा भएर सनराइज बैंकमा जागिर थाले

    3545   पटक पढिएको

१३ मंसिर / अर्थ र व्यापार - स्थापना कालदेखि नै जनता बैंकमा कार्यरत तिलक खतिवडाले जागिर छाडेका छन् । जनता बैंक छाडेका खतिवडा बढुवा भएर सनराइज बैंकमा काम शुरु गरिसकेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा समेत रहेका तिलक आइटी एक्सपोर्ट हुन् । २०६६ चैतमा स्थापना भएको जनता बैंकमा उनी सूचना प्रविधि विभागमा काम गर्थे । अढाई वर्षअघि बैंक व्यवस्थापनले उनको विभाग सरुवा गर्दै महाराजगञ्ज शाखाको प्रबन्धकको जिम्मेवारी दिएको थियो ।

अर्थमन्त्री खतिवडा र उनको परिवारको जनता बैंकमा १ करोड रुपैयाँ बराबर बजार मूल्य हुन आउने लगानी छ ।आफू सूचना प्रविधिको जानकार भएको तर बैंकले ब्राञ्च म्यानेजरको जिम्मेवारी दिइएकोमा खतिवडा सन्तुष्ट थिएनन् । ‘तिलकजीले जनता बैंक छाडेको ३ महिनाजति भयो,’ जनता बैंक स्रोतले अर्थ र व्यापारसँग भन्यो ।

जनता बैंकमा उनी असिस्टेन्ट म्यानेजर थिए । सनराइज बैंकले डेपुटी म्यानेजर प्रस्ताव गरेपछि खतिवडा सनराइज गएका हुन् । सनराइज बैंकले खतिवडालाई सूचना प्रविधि र म्यानेजमेन्ट इन्फरमेशन सिस्टम चिफको जिम्मेवारी दिएको छ । उनले क्लिन इनर्जी बैंकको आइटी विभागबाट २०६३र६४ सालदेखि जागिरे जिवनको शुरुवात गरेका थिए । क्लिन इनर्जीमा ट्रेनिका रुपमा काम शुरु गरेका खतिवडा त्यसको झन्डै ३ वर्षपछि बढुवा भएर जनता बैंक गएका थिए ।

जनता बैंक र ग्लोबल आइएमइ बैंकबीच गत असार तेस्रो साता मर्जरमा जाने समझदारी भयो । यी बैंकले राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाइसकेका छन् । मर्जरपछिको ग्लोबल आइएमइ बैंक अधिकांश सूचकमा नम्बर वान हुँदैछ । ग्लोबल र जनता बैंकबीचको मर्जर निश्चित भएपछि खतिवडाले जनता बैंकको जागिर छाडेका हुन् ।

खतिवडाका बुबा डा. युवराज खतिवडा यसअघि राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । ‘आफ्ना बाबु गभर्नर र अर्थमन्त्री भए पनि तिलकजीले कहिल्यै बाबुको शक्तिको फूर्ति देखाउनु भएन,’ उनीसँगै जनता बैंकमा केही वर्ष काम गरेका एक कर्मचारीले क्लिकमाण्डूसँग भने, ‘उहाँ प्रोफेसनल्ली काम गर्ने मान्छे हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।