logo

टान प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्कीको उम्मेद्वारी, निजी र सरकारी निकायबीचको आपसी समन्वय बढाउने एजेण्डा

    3182   पटक पढिएको

१७ भाद्र / अर्थ र व्यापार- आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) निर्वाचनमा हिमालयन जोय एड्भेन्चरका प्रबन्ध निर्देशक चोलेन्द्र बहादुर कार्कीले खुमबहादुर सुवेदी समुहवाट प्रथम उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन ।

२०४४ असार १७ गते सोलुखुम्बु, दुधकोशी–३, बासामा जन्मिएका कार्कीले मानविकीमा स्नातकसम्मको अध्ययन गरेका छन । सम्पदा गार्डेन होटलका संचालक समेत रहेका उनी २०६० सालवाट पर्यटन क्षेत्रमा लागेका थिए । पोर्टर, गाइड हुँदै यो क्षेत्रमा लागेका उनको विशेष रुचि समाजसेवामा पनि छ । एड फर नेपाल र सुतार कार्की समाजका केन्द्रीय अध्यक्ष कार्की लायन्स र किवानीज क्लवमा पनि आवद्ध छन । 

नेपाली पर्यटन प्रवद्र्धनका लागि स्वीट्जरल्यान्ड, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड, चीन, जापान, सिंगापुर दुवई लगायका देशहरुको भ्रमण गरिसकेका कार्की नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघको उपसभापति समेत हुन ।

एक दशकदेखि आफ्नै कम्पनीमार्फत निरन्तर पर्यटन क्षेत्रको व्यवसायिक यात्रामा रहेका उनले पर्यटन मजदुर हुँदै ट्रेकिङ व्यवसायीको रुपमा स्थापित भएकाले मजदुर र व्यवसायी दुबै पक्षको भावनाअनुसार काम आफुले काम गर्ने बताए ।

टानको सचिवालयलाई समयसापेक्षित बनाउँदै नयाँ गन्तव्यहरुको पहिचान तथा विकासका लागि प्रभावकारी काम गर्ने, पर्यटकीय पूर्वाधार विकासका लागि पहल गर्ने, निजी तथा सरकारी निकायबीचको आपसी समन्वय बढाउने, आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यात्मक र गुणात्मक बृद्धिका लागि तत्कालिन र दीर्घकालिन योजना बनाएर अघि बढ्ने आफ्नो एजेण्डा रहेको उनले वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।