logo

टान प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्कीको उम्मेद्वारी, निजी र सरकारी निकायबीचको आपसी समन्वय बढाउने एजेण्डा

    3752   पटक पढिएको

१७ भाद्र / अर्थ र व्यापार- आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) निर्वाचनमा हिमालयन जोय एड्भेन्चरका प्रबन्ध निर्देशक चोलेन्द्र बहादुर कार्कीले खुमबहादुर सुवेदी समुहवाट प्रथम उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन ।

२०४४ असार १७ गते सोलुखुम्बु, दुधकोशी–३, बासामा जन्मिएका कार्कीले मानविकीमा स्नातकसम्मको अध्ययन गरेका छन । सम्पदा गार्डेन होटलका संचालक समेत रहेका उनी २०६० सालवाट पर्यटन क्षेत्रमा लागेका थिए । पोर्टर, गाइड हुँदै यो क्षेत्रमा लागेका उनको विशेष रुचि समाजसेवामा पनि छ । एड फर नेपाल र सुतार कार्की समाजका केन्द्रीय अध्यक्ष कार्की लायन्स र किवानीज क्लवमा पनि आवद्ध छन । 

नेपाली पर्यटन प्रवद्र्धनका लागि स्वीट्जरल्यान्ड, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड, चीन, जापान, सिंगापुर दुवई लगायका देशहरुको भ्रमण गरिसकेका कार्की नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघको उपसभापति समेत हुन ।

एक दशकदेखि आफ्नै कम्पनीमार्फत निरन्तर पर्यटन क्षेत्रको व्यवसायिक यात्रामा रहेका उनले पर्यटन मजदुर हुँदै ट्रेकिङ व्यवसायीको रुपमा स्थापित भएकाले मजदुर र व्यवसायी दुबै पक्षको भावनाअनुसार काम आफुले काम गर्ने बताए ।

टानको सचिवालयलाई समयसापेक्षित बनाउँदै नयाँ गन्तव्यहरुको पहिचान तथा विकासका लागि प्रभावकारी काम गर्ने, पर्यटकीय पूर्वाधार विकासका लागि पहल गर्ने, निजी तथा सरकारी निकायबीचको आपसी समन्वय बढाउने, आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यात्मक र गुणात्मक बृद्धिका लागि तत्कालिन र दीर्घकालिन योजना बनाएर अघि बढ्ने आफ्नो एजेण्डा रहेको उनले वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।