logo

अबको ५० वर्षसम्म वामपन्थी सरकार चालाउने योगेश भट्टराईको दाबी,

    1918   पटक पढिएको

 

कात्तिक १५ / अर्थ र व्यापार - ताप्लेजुङ । एमाले सचिव योगेश भट्टराईले अबको ५० वर्षसम्म वामपन्थी शक्तिले सरकार चालाउने दावी गरेका छन् ।
बुधबार विहान ताप्लेजुङमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले देशभर चलिरहेको वाम गठबन्धनको चुनावी लहर र एकताको कारण प्रदेशसभा र प्रतिनिधिसभा मात्र नभई ५० वर्षसम्मका सबै चुनाव वामपन्थीहरुले नै जितेर सत्ता चलाउने अवस्था बनेको बताए । २००७ सालदेखि बीचमा केही समय छोडेर अधिकांश समय कांग्रेसले सत्ता सञ्चालन गरे पनि देशमा आर्थिक र सामाजिक क्रान्ति गर्न नसकेकाले नै विकास र समृद्धिका लागि पनि कम्युनिष्टहरुको एकता भएको उनको भनाइ छ ।

सचिव भट्टराईले केन्द्रीय पहुँचको आधारमा आफ्नै ठाउँबाट विकास सुरु गर्ने लक्ष्यबमोजिम गृह जिल्लाबाट उम्मेदवारी दिएको स्पष्ट पारे । ताप्लेजुङ विकट जिल्ला भनेर देशभर चिनिएकाले यसलाई नमूना जिल्लाको रुपमा विकास गर्ने लक्ष्य आफूले लिएको भट्टराईले जानकारी दिए ।
ताप्लेजुङलाई केन्द्र बनाएर नेपाल–भारत–चीन त्रिदेशीय व्यापारको संभावना रहेको उल्लेख गर्दै उनले आफ्नो पहिलो प्राथमिकता चीन जोड्ने सडकको निर्माण सम्पन्न गर्नु रहेको बताए । गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार र शिक्षामा सबैको पहुँच पुर्याउनु पनि उत्तिकै प्राथमिकताको विषय रहेको उनको भनाइ छ ।
उनले जिल्लामा एमाले–माओवादी केन्द्रसँग मात्र नभई सबै राजनीतिक दलका उच्च नेता सँगको सल्लाहबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।