logo

कांग्रेस महासमिति बैठकमा वडाध्यक्षदेखि सभापतिसम्मको सम्पत्ति सार्वजनिक गर्न धनराजको प्रस्ताव

‘पार्टीका नेताहरु व्यापारीजस्ता र व्यापारीहरु नेताजस्ता देखिए’

    2469   पटक पढिएको


७ फागुन/अर्थ र व्यापार – सोमबारदेखि संघिय राजधानीमा सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीप्रति आम सर्वसाधारणको विश्वास जगाउन सम्पत्ति सार्वजनिकीकरणको प्रस्ताव गरेका छन् ।
गोदावरीमा सुरु भएको महासमिति बैठकको उदघाटन सत्रलाई सम्बोधन गर्दै पार्टीका उपसभापति गुरुङले कांग्रेसबाट निर्वाचित स्थानीय तहको वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्मको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् ।
वर्तमान सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका गुरुङले यस्तो प्रस्ताव गर्दा गोदावरीस्थित महासमिति बैठकहल तालीले गुञ्जायमान भएको थियो । उपसभापति गुरुङले पार्टीका नेताहरु व्यापारीजस्ता र व्यापारीहरु नेताजस्ता देखिएको भन्दै व्यंग्यसमेत गरेका थिए । गुरुङले क्रोनी क्यापिटालिजम अर्थात आसेपासे पुँजीवादले सुशासन ल्याउन नसकिएको बताए।
सोमबारदेखि सुरु भएको सो बैठकमा प्रतिवेदनहरु भने भोलि मंगलबार बिहान मात्रै पेश गरिने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान प्रतिवेदनहरु छलफलका लागि पेश हुने जानकारी गराए ।
बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा चारवटा प्रस्ताव पेश हुने मुख्य सचिव पौडेलले उदघाटन सत्रमा जानकारी गराए । पाँचवटा प्रस्ताव महासमिति बैठकमा पेश हुने भनिए पनि मंगलबार चारवटा पेश हुने भएको छ ।
उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्री समेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती बारे प्रतिवेदन पेश गर्नेछन् ।

लेखा संयोजक श्याम घिमिरेको लेखा प्रतिवेदन पेश गरिने समयबारे मुख्य सचिव पौडेलले जानकारी गराएनन् । महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनमा विवाद कायम रहेकाले तयार भइसकेको छैन । सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच सोमबार बिहान भएको छलफलले पनि सहमति पहिल्याउन सकेको थिएन । उदघाटन सत्रपछि फेरिछलफल गर्ने गरी बिहानको बैठक सकिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।