logo

नेकपा–राजपा सहमतिबारे कसले के भने ?

    2277   पटक पढिएको

३ पुष / अर्थ र व्यापार - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)बीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमतिलाई पूर्व प्रधानमन्त्री तथा सत्ता साझेदार समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले दास र मालिकबीचको सम्बन्धसँग तुलना गरेका छन् ।

राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटमा दुई पार्टीबीच साझा उम्मेदवार उठाउने सहमतिबारे टिप्पणी गर्दै डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभरदृष्टिदोष रहिरहन्छ वा अर्को दास भन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ तबसम्म दासहरूले पूर्ण मुक्ति हुन्न ! ‘फुटाउ र राज गर’को नीतिमा मालिकहरू खप्पिस छन् । अहिलको नयाँ मालिकहरू झन धुर्त छन् । खाँचो छ त नयाँ स्पार्टाकसको ! सबैलाई चेतना भया ।’

समाजवादी पार्टीका सांसद सरिता गिरीले दुई दलबीचको सहमतितर्फ इंकित गर्दै राजपाले संविधान संशोधनको मुद्दा छोडेको हो ? भन्ने प्रश्न गरेकी छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले पनि विरोध गरेका छन् । उनले सहमती पत्र नै शेयर गरेर ट्विटरमा ‘दक्षिण प्रभु दाहिनाहोस् । कालापानी, लिपुलेक अनि लिम्पियाधुराको लड्डु प्रभुलाई चढाइयोस् । प्रभुकै आदेशमा हाम्रो राजनीतिको खेती चलिरहोस् । दक्षिण प्रभुका अनुयायीहरू एक होऔं ।’

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र राजपा संयोजक राजेन्द्र महतोबीच राष्ट्रियसभामा प्रदेश–२ मा रिक्त चार मध्ये दुई–दुई सिट लिने सहमति भएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।