logo

नेकपा–राजपा सहमतिबारे कसले के भने ?

    1998   पटक पढिएको

३ पुष / अर्थ र व्यापार - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)बीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमतिलाई पूर्व प्रधानमन्त्री तथा सत्ता साझेदार समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले दास र मालिकबीचको सम्बन्धसँग तुलना गरेका छन् ।

राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटमा दुई पार्टीबीच साझा उम्मेदवार उठाउने सहमतिबारे टिप्पणी गर्दै डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभरदृष्टिदोष रहिरहन्छ वा अर्को दास भन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ तबसम्म दासहरूले पूर्ण मुक्ति हुन्न ! ‘फुटाउ र राज गर’को नीतिमा मालिकहरू खप्पिस छन् । अहिलको नयाँ मालिकहरू झन धुर्त छन् । खाँचो छ त नयाँ स्पार्टाकसको ! सबैलाई चेतना भया ।’

समाजवादी पार्टीका सांसद सरिता गिरीले दुई दलबीचको सहमतितर्फ इंकित गर्दै राजपाले संविधान संशोधनको मुद्दा छोडेको हो ? भन्ने प्रश्न गरेकी छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले पनि विरोध गरेका छन् । उनले सहमती पत्र नै शेयर गरेर ट्विटरमा ‘दक्षिण प्रभु दाहिनाहोस् । कालापानी, लिपुलेक अनि लिम्पियाधुराको लड्डु प्रभुलाई चढाइयोस् । प्रभुकै आदेशमा हाम्रो राजनीतिको खेती चलिरहोस् । दक्षिण प्रभुका अनुयायीहरू एक होऔं ।’

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र राजपा संयोजक राजेन्द्र महतोबीच राष्ट्रियसभामा प्रदेश–२ मा रिक्त चार मध्ये दुई–दुई सिट लिने सहमति भएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।