logo

आज चुनाव प्रसारको अन्तिम दिन , मौन अवधि राति १२ बजेदेखि

    1210   पटक पढिएको

 

१८ मङ्सिर / अर्थ र व्यापार - प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार तराई, भित्री मधेस र पहाडको तल्लो भेगका गरी ४५ जिल्लामा चुनाव हुँदैछ । दोस्रो चरणको चुनावमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले मत दिँदैछन् । सातवटै प्रदेशमा हुन लागेको चुनावका लागि तयारी पूरा भई मतदान केन्द्र बनाउन कर्मचारी मतदान केन्द्र पुगिसकेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए ।

‘शान्तिसुरक्षाको प्रत्याभूति हुनेगरी चुनाव गर्दैछौं,’ प्रमुख आयुक्त यादवले भने, ‘मतदाता सुरक्षित छन् , मतदान स्थल सुरक्षित छन् । ढुक्क भएर मतदानको वातावरण बनेको छ ।’ दोस्रो चरणको चुनाव सकिएपछि २१ गते बेलुकी ५ बजेपछि पहिलो चरणको चुनावको मतगणनाको काम सुरु हुने यादवले बताए । चुनाव प्रचारप्रसारका लागि दल र उम्मेदवारलाई सोमबार अन्तिम दिन हुनेछ । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ ।

निञधर्वाचनमा ५२ वटा संस्थाका ४५ हजार राष्ट्रिय पर्यवेक्षकले चुनावको पर्यवेक्षण गर्ने अनुमति आयोगले दिइसकेको छ । ४ सयजना अन्तर्रा्ष्ट्रिय पर्यवेक्षकले पर्यवेक्षणको अनुमति लिइसकेका छन् ।

 मौन अवधि राति १२ बजेदेखि

दोस्रो चरणको चुनावका लागि मौन अवधि सोमबार राति १२ बजेदेखि सुरु हुँदैछ । मौन अवधिमा दलले कुनै पनि चुनाव प्रचारप्रसारका काम गर्न पाउनेछैनन् । निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइनेछैन । मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३ सय मिटरवरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न भएका प्रचारप्रसार सामग्री हटाउनुपर्नेछ । म्यासेज, फेसबुक, भाइबरजस्ता सामाजिक सञ्जालमा विद्युतीय माध्यमद्वारा मत माग्न, निर्वाचन प्रचारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ । मौन अवधिमा उम्मेदवार र दलको प्रचारप्रसार हुनेगरी कुनै समाचार, सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।