logo

सरुवा, बढुवामा घुस लिन मन्त्री नै संलग्न छन् ; नेता नेपाल

    1459   पटक पढिएको

२ मंसिर / अर्थ र व्थापार - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको आरोप लगाएका छन् ।

नेता, मन्त्रीहरु आफैंले घुस खाएर कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले दावी गरे ।

‘कर्मचारीको नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरु आफैं संलग्न छन्,’ सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ ।’

वरिष्ठ नेता नेपालले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भइरहेको उल्लेख गर्दै कडा कारवाही गर्न पनि सरकारसँग माग गरे । स्थानीय तहमा कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाइरहेकाले सरकारले उनीहरुमाथि कडा कारवाही गर्नुपर्ने वरिष्ठ नेता नेपालको भनाइ छ ।

उनले मुलुकमा लुट मच्चाउनेहरुको सात पुस्ते सम्पत्ति जफत नगरेसम्म मुलुकमा सुशासन हुन नसक्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

वरिष्ठ नेता नेपालले स्थानीय तहले कृषि, पशुपालन र कृषकलाई अनुदान सहायता दिएर उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औल्याए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।