logo

सिरहाको एक क्याम्पसमा विद्यार्थीद्वारा तोडफोड र तालाबन्दी

    1281   पटक पढिएको

 

२५ माघ /अर्थ र व्यापार- सिराहाको एक क्याम्पसमा विद्यार्थीहरुले तोडफोडका र तालबन्दी गरेका छन् । आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै विद्यार्थीहरुले ब्रम्हचारी दामोदरानन्द क्याम्पसमा तोडफोड र अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका कुर्सी, टेबल लगायतका समानहरु बाहिर फालेर तालाबन्दी गरेका छन् । क्याम्पस प्रमुख सञ्जयकुमार साहले नियमित कक्षा सञ्चालन गर्ने लगायतका विभिन्न आश्वासन दिए पनि बेवास्ता गरेको भन्दै आक्रोशित विद्यार्थीले तोडफोड र तालाबन्खिद गरेका हुन । लामो समयदेखि पठनपाठन नभएको विषयमा जानकारी गराए पनि सुनुवाई भएकाले तालाबन्दी गरेको विद्यार्थी विद्यार्थी अरबिन्द सहनीले बताए ।

क्याम्पस प्रमुख साहले एकलौटी रुपमा कलेज सञ्चालन गरी विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहको अर्का विद्यार्थी रविन साहले आरोप लगाए । बिषयगत शिक्षक बिनानै आफूहरुलाई अध्ययन गर्न बाध्य भएको विद्यार्थीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।