logo

नेविसंघको अध्यक्ष हुँदै देशको चौंथोपटक प्रधानमन्त्री बने देउवा

    2453   पटक पढिएको

२३ जेठ/ अर्थ र व्यापार- नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको रुवाखोलामा भएको थियो । बुबा प्रसाद सिंह देउवा र माता द्रौपती देवी देउवाका जेठा सुपुत्रका रुपमा जन्मिएका देउवा नेपाल विद्यार्थी संघ हुँदै राजनीतिमा होमिएका हुन । देउवाकी धर्मपत्नी डा.आरजु राणा देउवा नेपाली कांग्रेस नेतृका साथै व्यवस्थापिका–संसद्को सदस्य हुन । देउवाका एक छोरा छन् ।    

बाल्यकालदेखि नै राजनीतिमा चासो राख्ने देउवा पार्टी संस्थापक नेता बीपी कोइरालाको राजनीतिक प्रेरणा बाट २०२० साल देखि नै राजनीतिमा सक्रिय हुँदै  २०२८ सालमा नेविसंघको पहिलो निर्वाचित अध्यक्ष भए ।

देउवा पटक–पटक गरी १० वर्ष १० महिना जेल परेका छन । पहिलोपटक २०५९ जेठ ८ मा पहिलो पटक मुलुकको प्रधानमन्त्री भएका देउवाले आफ्नै नेतृत्वमा २०५९ असोज ४ गते कांग्रेस प्रजातान्त्रिक गठन गरी सभापति बने । त्यसपछि  २०६४ सालमा नेपाली कांग्रेस सँग एकीकरण गर्दै देउवा पछि नेपाली कांग्रेसको तेह्रौ महाधिबेसन बाट सभापतीमा निर्वाचित भएका थिए ।

हाल काठमाडौंको बुढानिलकण्ठमा बस्दै आएका देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुका साथै लन्डन स्कुल अफ इकोनमिक्समा रिसर्च फेलो समेत बने । वि.सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा एउटै निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट अधिकत्तम मत ल्याएर विजयी देउवाले वि.सं २०४८ देखि २०५१ सम्म गृहमन्त्री, २०५२ सालमा देउवा पहिलोपटक नेपालको प्रधानमन्त्री, २०५८ मा दोस्रोपटक प्रधानमन्त्री बने ।  देउवालाई २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले चुनाव गराउन नसकेको भन्दै असक्षमको बिल्ला भिराउदै प्रधानमन्त्रीबाट बर्खास्ती गरेपनि त्यसको दुई वर्षपछि २०६१ सालमा तत्कालीन ज्ञानेन्द्रले नै पुनः प्रधानमन्त्रीमा देउवालाई पुनर्बहाली गरेका थिए ।

आज बसेको व्यवस्थापिका संसद बैठकमा भएको निर्वाचनमा देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । संसदमा मत विभाजनका आधारमा भएको निर्वाचनमा कुल ५५८ सांसद मध्ये ३८८ मतका साथ देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । देउवाको विपक्षमा १७० मत परेको थियो ।

संसद बैठकमा प्रधानमन्त्रका उम्मेदवार शेरवहादुर देउवाले उम्मेदवारीको सूचना प्रस्तुत गरेपछि प्रस्तावक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थक रामचन्द्र पौडेल,विजय गच्छदार लगायत पाँच जनाले समर्थन गरेका थिए । नियम ४९ को उपनियम ५ बमोजिम सभामुखले उनको उम्मेदवारीलाई बैठकसमक्ष निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।