logo

भोजपुरमा एमालेका उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहार

    1959   पटक पढिएको

 

२८ कात्तिक  / अर्थ र व्यापार - प्रतिनिधिसभा निर्वाचन नजिकित्रएसँगै उम्मेदवारहरू माथि आक्रमण बढ्न थालेको छ । एमाले नेता तथा पूर्वमन्त्री शेरधन राईलाई लक्षित गर्दै भोजपुरमा आज बम विस्फोट गराइएको छ । विस्फोटबाट प्रदेश सभाका उम्मेदवार राई सुरक्षित छन् ।

चुनावी प्रचारप्रसारको क्रममा आयोजित सभालाई सम्बोधन गर्न जाँदै गर्दा नेता राई चढेको गाडीलाई लक्षित गर्दै भोजपुरको ट्याम्के मैयुङ गाउँपालिका –६ स्थित कोटको गुम्बामा बम प्रहार भएको हो । बम प्रहारबाट राई चढेको गाढीमा क्षति पुगेको छ भने राईको सुरक्षामा खटिएका नेपाल प्रहरीका असई डिल्ली देवकोटा घाइते भएका छन् । उनको दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

भोजपुर सदरमुकामदेखि पश्चिमी टेम्के मैयुङ गाउँपालिका वडा नं ८, गोगनेको चुनावीसभालाई सम्बोधन गर्न राई त्यसतर्फ जाँदै थिए । उनी चढेको बा. १५ज ५६०८ नम्बरको ल्यान्डरोभर गाडीमा सकेट बम प्रहार भएको प्रहरीले जानकारी दिएको छ । बम आक्रमणपछि निजी सुरक्षा गार्डले २१ राउन्ड गोली चलाएका थिए । घटनास्थलबाट कोही पक्राउ नपरेको तर, खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक गीतनारायण चौधरीले जानकारी दिए ।
बम प्रहार कसले गरेको हो भन्ने खुलेको छैन । प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ । यसअघि रुकुम र रोल्पामा माओवादीका नेताहरू जनार्दन शर्मा प्रभाकर र वर्षमान पुन अनन्त चढेका गाढीमाथि लक्षित गर्दै बम प्रहार र एम्बुस विस्फोट गराइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।