logo

भोजपुरमा एमालेका उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहार

    1667   पटक पढिएको

 

२८ कात्तिक  / अर्थ र व्यापार - प्रतिनिधिसभा निर्वाचन नजिकित्रएसँगै उम्मेदवारहरू माथि आक्रमण बढ्न थालेको छ । एमाले नेता तथा पूर्वमन्त्री शेरधन राईलाई लक्षित गर्दै भोजपुरमा आज बम विस्फोट गराइएको छ । विस्फोटबाट प्रदेश सभाका उम्मेदवार राई सुरक्षित छन् ।

चुनावी प्रचारप्रसारको क्रममा आयोजित सभालाई सम्बोधन गर्न जाँदै गर्दा नेता राई चढेको गाडीलाई लक्षित गर्दै भोजपुरको ट्याम्के मैयुङ गाउँपालिका –६ स्थित कोटको गुम्बामा बम प्रहार भएको हो । बम प्रहारबाट राई चढेको गाढीमा क्षति पुगेको छ भने राईको सुरक्षामा खटिएका नेपाल प्रहरीका असई डिल्ली देवकोटा घाइते भएका छन् । उनको दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

भोजपुर सदरमुकामदेखि पश्चिमी टेम्के मैयुङ गाउँपालिका वडा नं ८, गोगनेको चुनावीसभालाई सम्बोधन गर्न राई त्यसतर्फ जाँदै थिए । उनी चढेको बा. १५ज ५६०८ नम्बरको ल्यान्डरोभर गाडीमा सकेट बम प्रहार भएको प्रहरीले जानकारी दिएको छ । बम आक्रमणपछि निजी सुरक्षा गार्डले २१ राउन्ड गोली चलाएका थिए । घटनास्थलबाट कोही पक्राउ नपरेको तर, खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक गीतनारायण चौधरीले जानकारी दिए ।
बम प्रहार कसले गरेको हो भन्ने खुलेको छैन । प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ । यसअघि रुकुम र रोल्पामा माओवादीका नेताहरू जनार्दन शर्मा प्रभाकर र वर्षमान पुन अनन्त चढेका गाढीमाथि लक्षित गर्दै बम प्रहार र एम्बुस विस्फोट गराइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।