logo

नेवि संघद्वारा विज्ञान क्याम्पसमा तालाबन्दी

    1322   पटक पढिएको

 

१३ पुस / अर्थ र व्यापार - कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा बुधबार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले तालाबन्दी गरेका छन् ।
नेपाल विद्यार्थी संघका दुई समूहले छुट्टाछुट्टै माग अघि सार्दै तालाबन्दी गरेका हुन् । संस्थापन नेवि संघले क्याम्पस प्रमुखको नियुक्ति र देउवा समूहको नेवि संघले शुल्क वृद्धि घटाउने, प्रयोगशाला, लाइब्रेरी, खेलकुद सामग्री, पर्खाल निर्माणको माग अघि सारेर तालाबन्दी गरेका छन् । क्याम्पस प्रमुख र प्रशासन कार्यकक्षमा तालाबन्दी गरिएको छ । देउवा निकट नेपाल विद्यार्थी संघका महाधिवेशन प्रतिनिधि गोरखबहादुर रौलेले विद्यार्थीको ढाड सेक्ने गरी एकाएक शुल्क वृद्धि गरिएको विरुद्धमा तालाबन्दी गरिएको बताउनुभयो ।

उहाँका अनुसार नेवि संघले विगतमा पटकपटक क्याम्पस सुधारका लागि अघि सारेका मागसमेत बेवास्ता गरेका कारण बाध्य भएर तालाबन्दी गरिएको छ । “क्याम्पस प्रशासनलाई दबाब दिन मात्रै तालाबन्दी गरेका हौँँ”– उहाँले भन्नुभयो, “मागप्रति क्याम्पस प्रशासन गम्भीर नभए कडा संघर्ष गर्छौं ।”  विद्यार्थीले लाइब्रेरीमा समेत पर्याप्त पुस्तक, प्रयोगशालामा आवश्यक सामग्री, खेलकुद सामग्री तथा छात्रावासमा घेराबार लगाउन माग अघि सारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।