logo

संसद र संसदीय गतिविधिलाई नागरिक माझ पु¥याई दिन  पत्रकारहरुलाई सभामुख कृष्णबहादुर महराको आग्रह 

    1503   पटक पढिएको

११ पुस/ अर्थ र व्यापार – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिपक्षको जस्तो व्यवहार नगर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । सभामुख महराले देश र नागरिकको पक्षमा दृढतापूर्वक उभिदै संसद र संसदीय गतिविधिलाई नागरिक माझ पु¥याई दिन पनि पत्रकारहरुलाई पटक–पटक आग्रह गर्नुभयो ।

बुधबार संसदीय मामिला पत्रकार समाजको नयाँ कार्य समितिलाई पद हस्तान्तरणका लागि सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नागरिकको सार्वभौम अधिकार प्रयोग गर्ने उच्चतम थलोको रुपमा रहेको संघीय संसदको सबै गतिविधिलाई नागरिकमाझ संचार गराउन पनि संसदीय मामिला पत्रकार समाज सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा सभामुख महराले संघीय संसदमा नागरिकको प्रतिनिधिहरुलाई सार्थक छलफल गराउन आफू प्रतिवद्ध रहेकोे पनि स्पष्ट पार्नुभयो । उहाँले संसदको काम कार्वाहीलाई सार्थक बनाउन रचनात्मक सहयोग गर्न पनि संसदीय मामिला पत्रकार समाजका नयाँ नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नागरिकको विश्वास बढाउने दायित्व पूरा गर्ने काममा साथ पनि पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले संवैधानिक व्यवस्था अनुसार कानुनहरुको निर्माण तथा संशोधनको काम अघि बढने भएकाले त्यसमा पत्रकारहरुको ठूलो सहयोगको अपेक्षा गरिएको पनि बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले संघीय संसदको हिउँदे अधिवेशनमा विधिसम्मत ढंगले पर्याप्त छलफल गरेर नयाँ कानुन निर्माणको कामलाई अघि बढाउने योजना पनि सुनाउनुभयो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।