logo

राजधानी रुपन्देहीमा कायम गर्न दवाब दिन कांग्रेसद्वारा बुटवलमा जनप्रदर्शन

    1408   पटक पढिएको

३ माघ अर्थ र व्यापार – पाँच नम्बर प्रदेशको राजधानी रुपन्देहीमा कायम गर्न दवाब दिन नेपाली कांग्रेसले बिहीबार बुटवलमा जनप्रदर्शन गर्दैछ ।

गएको वर्ष आजकै दिन तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई प्रदेश पाँचको अस्थायी राजधानी तोकेको थियो । बुटवलमा अस्थायी रुपमा तोकिएको राजधानीलाई स्थायी बनाउन र प्रदेशको नामाकरण गर्न सरकारले आलटाल गरेको र राजधानी नै अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै त्यसविरुद्ध खबरदारी गर्न जनप्रदर्शन आयोजना गरिएको कांग्रेसका क्षेत्रीय सभापति हरि लम्सालले बताए । 

बिहान ११ बजे बुटवलको राजमार्ग चौराहाबाट सुरु हुने जनप्रदर्शन पछि आयोजना हुने सभालाई कांग्रेसका युवा नेताहरु बालकृष्ण खाँण, विश्वप्रकाश शर्मा, डाक्टर चन्द्र भण्डारी लगायतले संवोधन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनमा ५० हजार समर्थक र कार्यकर्ता उतार्ने बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले दाबी गरेका छन् । 

कांग्रेसले बुटवलको जनप्रदर्शनलाई ऐतिहासिक बनाउन तयारी गरेको रुपन्देही कांग्रेसका सभापति अब्दुल रज्जाकले बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।