logo

धरानमा पञ्चेबाजासहित उम्मेदवारी दर्ता

    1520   पटक पढिएको

२७ कात्तिक / अर्थ र व्यापार - धरान उपमहानगरपालिकाको मेयर र वडा नम्बर ७ को वडाध्यक्षका लागि उम्मेद्वारहरुले झाँकी र पञ्चेबाजासहित उम्मेद्वारी दर्ता गराएका हुन् ।

मेयरमा मनोनयन दर्ताका लागि पुगेका प्रकाश राईको पक्षमा नेकपा कार्यकर्ताले पञ्चेबाजासहिर्त याली निकालेका थिए । त्यस्तै नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईले पनि झाँकीसहितको टोली लिएर उम्मेद्वारी दर्ता गराएका छन् ।

निर्वाचन कार्यालयले कांग्रेसका लागि ११ बजेदेखि १२ बजेसम्मको समय तोकेको थियो । नेकपाका लागि १२ बजेदेखि पछिको समय तोकेको थियो । प्रकाशको उम्मेद्वारी दर्ताका लागि नेकपा नेता भीम आचार्य सहितको टोली पुगेको थियो ।

अन्य साना दल र स्वतन्त्र उम्मेद्वारका लागि भने समय तोकेको थिएन । धरान उपमहानगरपालिका प्रमुखका लागि चार स्वतन्त्र र साना दलले उम्मेद्वारी दर्ता गराएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर ईजम, राप्रपा संयुक्तबाट कुमार बराईली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

अमृत राई, मनराज राई, जनार्दन कोइराला र हर्क साम्पाङले स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराएका छन् ।धरान उपमहानगरपालिका वडा नं. ७ को वडाध्यक्षमा पदमा कांग्रेसले सुवर्णमोहन पालिखेलाई उम्मेदवार बनाएको छ भने नेकपाले जीवन सुवेदीलाई उम्मेदवार बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।