logo

राष्ट्रिय आर्थिक सर्वेक्षण वैशाख १ गतेदेखि शुरु हुने

    1479   पटक पढिएको


११ फागुन / अर्थ र व्यापार - काठमाडौँ– राष्ट्रिय आर्थिक सर्वेक्षण अगामी वैशाख १ गतेदेखि हुने भएको छ ।  केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने सो सर्वेक्षणको मुख्य ध्येय केन्द्र, प्रदेश तथा स्थानीय तहको विकास योजना तर्जुमा तथा नीति तयार गर्न आवश्यक पर्ने तथ्याङ्क संकलन गर्नुरहेको छ । यसका लागि विभागले ७७ जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गर्ने जनाएको छ । 

यसैबीच गुणस्तरीय आर्थिक तथ्याङ्क उत्पादनका लागि मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ शुरु गरिएको छ । एकहप्ते सो प्रशिक्षणमा आर्थिक गणनाका प्राविधिक तथा प्रशासनिक पक्षका बारेमा जानकारी गराउने कार्यक्रम रहेको विभागले जनाएको छ । 

आर्थिक गणनामा नेपालमा अवस्थित व्यावसायिक आर्थिक एकाइको ठेगाना, मुख्य क्रियाकलाप, रोजगारी, पूँजी लगानी, ऋण पहुँचलगायतका विवरण संकलन गरिने विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए । उनका अनुसार गणना कागजी फारामका साथै अनलाइनका माध्यमबाट उत्तरदाताले आफ्नो व्यवसायको विवरण आफैँ भर्न सक्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।