logo

रानीपोखरी पुनःनिर्माणको विवाद उत्कर्षमा

    1302   पटक पढिएको


१२ पुस / अर्थ र व्यापार - काठमाडौँ। रानीपोखरी पुनःनिर्माणको विवाद चुलिदै गएपछि मङ्गलबार तालाबन्दीको अवस्थामा पुगेको छ । काठमडौँ महानगरपालिकाले थालेको रानीपोखरी वरपरको पर्खाल पु्नःनिर्माण गर्दा रड, सिमेन्ट र कङ्क्रिटको प्रयोग गरेर ऐतिहासिक सम्पदाको मौलिक स्वरूप बिगारेको भन्दै स्थानीयले विरोध गरेर मङ्गलबार निर्माणस्थालमा तालाबन्दी गरेका हुन् । 
रानीपोखरी पुनःनिर्माणको प्रक्रियाका विषयमा महानगरपालिका प्रमुख र उपप्रमुखबीच पनि मतभेद देखिएको छ । काठमाडौँका सम्पदा संरक्षण अभियान नामक स्वयम्सेवी संस्थाले रानीपोखरी पुनःनिर्माण गलत तरिकाबाट भएको भन्दै विरोध गर्दै आएको छ । 
पुनःनिर्माण भइरहेको रानीपोखरीको विवाद विभिन्न सञ्चार माध्यममा आएपछि महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले मङ्गलबार बिहान स्थालगत भ्रमण गरेपछि त्यहाँ कङ्क्रिटको वाल लगाउने कार्य रोक्न निर्देशन दिनुभएको थियो । त्यसपछि त्यहाँ भेला भएका स्थानीयले स्वःस्फूर्त रूपमा तालाबन्दी गरेको सम्पदा संरक्षण अभियानका संयोजक आलोक तुलाधरले बताउनुभयो । 
उपप्रमुख हरिप्रभा खड्गी ऐतिहासिक सम्पदा जथाभावी तरिकाले पुनःनिर्माण गर्न नहुने भन्दै सम्पदाविद्सँग छलफल गरेर विवादरहित ढङ्गले काम अगाडि बढाउनुपर्ने बताउनुभयो । महानगरपालिकामा यस विषयमा छलफल हुँदा आफूलाई जानकारी समेत नदिने गरिएको उहाँको आरोप छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दुई वर्षअघि नै राष्ट्रपतिले शिलान्यास गर्नुभएको योजनालाई आफूले अगाडि बढाएको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यसको निर्माणको प्राविधिक पक्षबारे मलाई त्यति धेरै थाहा छैन । मैले नीतिगत निर्णय गर्ने हो, त्यो गरेँ । प्राविधिक पक्षबारे महानगरपालिकाका वरिष्ठ इन्जिनियर डा. उत्तमकुमार रेग्मीलाई राम्रो जानकारी होला । ’
उहाँले आफू मङ्गलबार मात्र पहिलो पटक रानीपोखरीको पुनःनिर्माण हेर्न गएको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, म त्यहाँ पुग्दा काम गरिरहेका मानिसलाई पन्छाएर ताला लगाइएको पाएँ तर कसले किन तालाबन्दी गरे भन्ने विषयमा कोही कतैबाट जवाफ पाइनँ । 
पोखरी पुनःनिर्माणको तरिका गलत भएको भन्दै बारम्बार विरोध भएपछि पुरातत्व विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग छलफल गरेर काम अघि बढाइने उहाँले बताउनुभयो । सम्पदाविज्ञले भने रानीपोखरी पुनःनिर्माण गर्दा पहिलेकै जस्तो इँटा र कालिमाटीको पर्खाल लगाउनुपर्नेमा जोड दिँदै आएका छन् । कङ्क्रिटबाट पर्खाल लगाएमा पोखरीको अस्तित्व छिट्टै नासिने पोखरीभित्रको पर्यावरणीय चक्र बिग्रने उनीहरूको भनाइ छ । 
रानीपोखरी नेपाल संवत् ७८९ मा खनिएको थियो भन्ने तथ्य इतिहासकारले प्रस्तुत गर्दै आएका छन् । पोखरीको मध्यभागमा रहेको बालगोपालेश्वरको मन्दिर भने पुरातत्व विभागले पुनःनिर्माण गरिरहेको छ । करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको रानीपोखरीको चारैतर्फबाट अतिक्रमण गरेपछि साँघुुरिँदै गएको छ । पछिल्लो समयमा महानरपालिकाले रानीपोखरीको पुनःनिर्माण गरेर त्यसवरपर क्याफे सञ्चालनमा ल्याउने योजना पनि अगाडि सारेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।