logo

रामपुर कृषि क्याम्पसका विद्यार्थी आन्दोलनमा

    1398   पटक पढिएको


११ माघ / अर्थ र व्यापार- चितवन– रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका पदाधिकारीले विलासी गाडी खरिद गरेको भन्दै विद्यार्थी आन्दोलमा उत्रिएका छन् ।  विश्वविद्यालयमा शैक्षिक सामग्रीको अभाव, प्रयोगशाला, पुस्ताकालय, भवन जीर्ण हुँदापनि पदाधिकारी भने विलासी गाडी खरिदमा लागेको विद्यार्थीको आरोप लगाउँदै नेपाल विद्यार्थी यही माग ३ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आन्दोलमा उत्रिएको हो ।  विश्वविद्यालयले उपकुलपतिका लागि रु ७१ लाखको टाटा कम्पनीको हेग्जा, रजिष्ट्रारका लागि रु ६१ लाखको टाटा कम्पनीकै सफारी स्टोर्म, सेवा आयोगका अध्यक्षका लागि रु ५१ लाखको हुण्डाईको क्रेटा गाडी खरिद गरेको विश्वविद्यालयले जनाएको छ । 

त्यसैगरी दुईजना डिनका लागि रु ४० लाखको महेन्द्रा कम्पनीको स्करपियो र रु ३६ लाखको टाटा कम्पनीको पिकअप गाडी, केन्द्रीय कार्यालय र अनुसन्धान निर्देशकका लागि पनि रु ३६ लाखको टाटा कम्पनीको दुई वटा पिकअप गाडी खरिद गएिको छ । विश्वविद्यालय स्थापना भएको छ वर्षअघिमात्रै सबै पदाधिकारीका लागि नयाँ गाडी खरिद गरिएको थियो । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं कृषि विश्वविद्यालयका संयोजक सरोज रेग्मीले विद्यार्थीले अध्ययनका लागि अतिआवश्यक सामग्री नपाउनु तर पदाधिकारी विलासी गाडीमा हुइँकिनु राम्रो नभएको भन्दै यीसहित अन्य माग गर्दै नेविसंघ आन्दोलित भएको बताए । 

पदाधिकारीहरुले मनोमानी रुपमा पूर्वाधारबिना आंगिक क्याम्पस खोलेको आरोप पनि नेविसंघले लगाएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा.ईश्वरीप्रसाद ढकालले उच्च पदका पदाधिकारी धेरै भएकाले आवश्यक भएरै गाडी खरिद गरिएको जानकारी दिए । अन्य विश्वविद्यालयको तुलनामा आफूहरुले कम मूल्यका गाडी खरिद गरेको उनको दाबी थियोे । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।