logo

विवेकशील साझा पार्टीको नयाँ गीतमा नाँच्दै भोट मागे रवीन्द्र मिश्रले

    1359   पटक पढिएको


२७ कार्तिक / अर्थ  र व्यापार - काठमाडौँ – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आसन्न निर्वाचनमा विवेकशील साझा पार्टीका लागि भोट माग्ने नयाँ तरिका अपनाएका छन् । उनले विवेकशील साझा पार्टीको नयाँ गीतमा नाँच्दै भोट मागेका छन् । 

सोमबार काठमाडौँको स्युचाटारमा भएको विवेकशील साझा पार्टीको चुनावी कार्यक्रममा नाँच्दै मिश्रले काठमाडौँ क्षेत्र नं ९ का उम्मेद्वार मिलन पाण्डे लगायतका लागि भोट मागेका हुन् । अबको आशा विवेकशील साझा नारा सहित चुनावी अभियानमा होमिएको विवेकशील साझाको कार्यक्रममा बोल्दै उनले अब देशैभरी तराजुको लहर आएको र केही समय अगाडि संगठन निर्माण भएको भए यसैपाली नै देशको नेतृत्व आफूहरूले गर्न सक्ने स्थिति रहेको बताए । साथै उनले आम नागरिकले विवेकशील साझालाई दिएको सद्भावले देशैभरी लहर आएको कुरा बताए । 

उक्त कार्यक्रममा काठमाडौँ क्षेत्र नं ९ का प्रतिनिधि सभा उम्मेदवार मिलन पाण्डेले, आफ्नो प्रतिबद्धता दोर्होयाउँदै आफू काठमाडौँ क्षेत्र नं ९ मार्फत देश बनाउन उत्रेको बताए । उनले पटक पटक असफल नेतृत्वले उम्मेद्वारी दिँदा नै कांग्रेस अनि एमालेको नयाँ पुस्ताले मौका नपाएकोले आफूले कांग्रेस अनि एमाले भित्रको त्यही पुस्ताको समेत नेतृत्व गरेर नेपाली राजनीतिमा नयाँ उर्जा थपेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।