logo

नुवाकोटमा काँग्रेसको खानदानी राजनीति समाप्त

    1339   पटक पढिएको


२४ मङ्सिर / अर्थ र व्यापार - काठमाडौँ – नुवाकोटमा आफ्नो पकड क्षेत्र बनाएर बसेको नेपाली काँग्रेसले यसपाली भने आफ्नो विरासत जोगाउन सकेन । पछिल्लो समय नेकपा माओवादी केन्द्र र एमालेले तालमेल गरेपछि काँग्रेसले आफ्नो बिउ समेत जोगाउन नसकेको हो । २०६४ सालमा तत्कालीन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका रामशरण महतले नेकपा माओवादीका हितबहादुर तामाङलाई हराउँदै काँग्रेसको साख बचाएका थिए । यसपाली भने उनलाई जनताले पत्याएनन् । ०६४ मा क्षेत्र नम्बर १ मा काँग्रेसका अर्जुन नरसिंह केसीलाई हराउँदै माओवादीकी विमला सुवेदीले जित हासिल गरेकी थिइन् भने दुईमा माओवादी कै पोष्टबहादुर बोगटी विजयी भएका थिए । त्यसैगरी २०७० सालमा भएको दोश्रो संविधानसभाको चुनावमा भने तीनै क्षेत्रमा जित हासिल गर्दै काँग्रेसले नुवाकोटमा आफ्नो प्रभुत्व जमाएको थियो । ०७० मा क्षेत्र नम्बर १मा केसी, २ मा महत र ३ मा बहादुर लामाले नुवाकोटलाई काँग्रेस किल्लाको रुपमा स्थापित गरेका थिए । 

यसपालीको निर्वाचनमा भने काँग्रेसका हेभीवेट नेताद्वय महत र केसीले आफ्नो पराजयलाई मुटुमाथि ढुंगाराखी भएपनि स्वीकार गर्नुपरेको छ । विगत लामो समयदेखि आफ्नो प्रभुत्व जमाउँदै आएका महतलाई उनैले दुई पटक पराजित गरेको माओवादी केन्द्रका हितबहादुर तामाङले ८,५५३ मतान्तरले हराउँदै उनको विरासत ढालिदिए । तामाङले ३६४७३ मत ल्याउँदा महतले २७९२० मै चित्त बुझाउनु र्पयो। त्यस्तै प्रदेशसभामा  पनि उनका खानदानका कोही पनि विजयी हुन सकेनन् । 

केसी परिवारले पनि यसपाली भने आफ्नो विरासत जोगाउन सकेन । केसीले यसपाली भने एमालेका नारायण खतिवडासँग १०,५५७ मतान्तरसहितको हार व्यहोरे। खतिवडाले ३६८९२ मत प्राप्त गर्दा केसीले २६३३५ मतमै चित्त बुझाउनु र्पयो। त्यस्तै प्रदेशमा उनका भाई जगदिश नरसिंह केसीले पनि गह्रौ मुटु बनाउँदै हार स्वीकार्नु र्पयो । यो सँगै नुवाकोटका सम्पूर्ण क्षेत्रमा वाम गठबन्धनले आफ्नो प्रभुत्व जमाएको छ भने केसी र महत परिवार केन्द्रित नुवाकोट काँग्रेसको खानदानी राजनीति समाप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।