logo

निजी सवारी भाडामा लगाएको भेटिए कारबाही गर्छौः यातायातका महानिर्देशक हमाल

    2108   पटक पढिएको

६ मंसिर / अर्थ र व्यापार - यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले निजी सवारी भाडामा लगाएको पाइए कारबाही गर्ने बताएका छन् । जुन प्रयोजनका लागि सवारी खरिद गरिएको हो सोही प्रयोजनका लागि मात्रै चलाउन पाइन्छ अन्यथा नपाइने भन्दै हमालले अनुगमन शुरु गरिसकेको जानकारी दिए ।

‘केही सवारी साधन कारबाहीमा परिसकेका छन्, अनुगमनलाई तीव्र बनाएका छौं’, अर्थ र व्यापारसँग कुरा गर्दै हमालले भने । विभागले गत बुधबार सूचना जारी गर्दै रातो नम्बर प्लेट भएका सवारी साधन भाडामा नलगाउन भनेको थियो । जसमा रातो नम्बर प्लेट भएका सवारी साधनलाई भाडामा नलगाउन र लगाएको पाइए कानून बमोजिम कारबाही गरिने उल्लेख थियो ।

उक्त सूचनाले स्टार्टअप कम्पनीहरु पठाओ र टुटलसँगै कम्पनी स्थापना गरी निजी कार तथा जीप जस्ता सवारी साधन भाडामा लगाउँदै आएकाहरु अब बन्द गर्नुपर्ने हुन्छ । हमालले के ती सबै बन्द हुन्छन् त ? भन्ने प्रश्नमा कुनै अमूख कम्पनीभन्दा पनि रातो नम्बर प्लेट भएका सवारी यदी कसैले भाडामा लगाएर आम्दानी गरेको छ भने कारबाही गरिने बताए ।

बुधबार सूचना प्रकाशित भए पछि निजी सवारी साधनहरु भने पूर्ववत् रुपमा यथावत नै चलिरहेका छन् । साथै, राइड सेयरिङ कम्पनीहरु पठाओ र टुटलले समेत आफ्नो सेवा सञ्चालन गरिरहेका छन् ।

सामाजिक सञ्जालमा भने सरकारले टुलट÷पठाओ जस्ता इनोभेटिभ आइडियामाथि प्रतिवन्ध लगाएर ठीक नगरेको भन्दै ब्यापक आलोचना भइरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।