logo

थापाथलीमा प्रचण्ड–नेपाल पक्षीय विद्यार्थीको भेला 

    1771   पटक पढिएको


१९ मंसिर/अर्थ र व्यापार– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षधर विद्यार्थीले शुक्रबार भेला गरेका छन् ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला दाहल र नेपाल पक्षधर विद्यार्थी काठमाडौंको थापाथली क्याम्पसमा बागमती युवा विद्यार्थीको भेला गरेको हो ।

भेलामा नेकपा बागमती प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल लगायतको उपस्थिती रहेको स्रोतले जनाएको छ ।

पछिल्लो समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूहबीचको विवाद चुलिएको छ ।

पार्टी अध्यक्ष प्रचण्डले गत कात्तिक २८ गते सचिवालयमा पेस गरेको प्रतिवेदनलाई प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आरोप पत्र भन्दै मंसिर १३ गते अर्को प्रस्ताव सचिवालयमा दर्ता गरेका छन् । अहिले सचिवालयमा दुबै प्रस्ताव माथि छलफल भईरहेको छ ।

छलफलमा ओलीले प्रचण्डको प्रस्ताव फिर्ता हुनु पर्ने अडान राख्दै आएका छन् भने प्रचण्डले भने उक्त प्रस्ताव आफ्नोमात्र नभई अरू पाँच सचिवालय सदस्यको पनि भएकाले फिर्ता लिन नसकिने बताउँदै आएको छ ।

दुवै प्रस्ताव माथि छलफल भएपनि दुई पक्षबिच कुरा नमिल्दा सचिवालय बैठकले कुनै निर्णय गर्न सकेको छैन । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।