logo

कांग्रेसको नाराबाजी पछि आज पनि संसद बैठक अवरुद्ध

    1475   पटक पढिएको

८माघ /अर्थ र व्यापार – नेपाली कांग्रेसले आज पनि संसद अवरुद्ध गराएको छ । कांग्रेस नेताहरुको नाउँमा सञ्चालनमा रहेको अस्पताललाई सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेसले प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध गरेको हो । 

बैठक सुरु हुनासाथ समय लिएर बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले विपी कोइरालाको नाउँमा तनहुँमा रहेको राष्ट्रिय श्वासप्रश्वास केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सरकारले दुई तिहाईको दम्भमा खारेज गर्न लागेको बताए । 
संघीय सरकारमार्फत नै सञ्चालन हुने निर्णय सदनलाई जानकारी नगराएसम्म संसदको कुनै पनि प्रकृया अघि बढाउन नदिने भन्दै

कांग्रेस सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । कांग्रेस सांसदको नाराबाजीका कारण बैठक अवरुद्ध भएको हो । सभामुख कृष्णबहादुर महराले आफूले सरकारको विशेष ध्यानाकर्षण गराइसकेको बताउँदा पनि कांग्रेस सांसदहरुले नाराबाजी गर्न नछोडेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।