logo

उपसभापति र महामन्त्री एक–एक मनोनित गर्ने कांग्रेस सभापति देउवाको प्रस्ताव अस्वीकार , फेरी नयाँ सहमति जुट्यो

    1409   पटक पढिएको

६ पुस /अर्थ र व्यापार  - नेपाली कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने भएको छ । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ र्पुयाउने सहमति गरेका हुन् । अब उपसभाति र महामन्त्री २र२ जना हुनेछन् भने सहमहामन्त्री ७ जना रहनेछन् ।

१३ पदाधिकारी मध्ये कोषध्यक्षबाट सबै निर्वाचित हुनेछन् । नेताहरुका अनुसार समहामन्त्रीमा आरक्षण हुनेछ । महिला, दलित, आदिवासी जनजाति, खासआर्य, मधेसी, थारु र मुस्लिम कोटाबाट ७ जना चुनिनेछन्  । संविधानमा आरक्षणको ८ क्लस्टर रहेकोमा कांग्रेसले पिछडिएको क्षेत्र तथा अल्पसंख्यकलाई हटाएको छ । अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजानेछ । त्यसपछि महासमिति बैठकमा विधान संशोधन प्रस्ताव पेश हुनेछ ।

यसअघि उपसभाति, महामन्त्री र समहमहान्त्री २र२ बनाउने सहमति भएको थियो तर, समावेशी नभएको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गरेपछि पार्टी सभाति शेरबहादुर देउवा पछि हटेका थिए । बिहीबार उनले उपसभापति र महामन्त्री एक–एक मनोनित गर्ने प्रस्ताव ल्याए । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले अस्वीकार गरेपछि शुक्रबार नयाँ सहमति जुटेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।