logo

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरु गरिदै

    2169   पटक पढिएको


१३ फागुन /अर्थ र व्यापार – मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरु सिँगारिएका रथ र विभिन्न सम्प्रदायका झाँकीसहित ताप्लेजुङ प्रस्थान गरेका छन् । काठमाण्डौको नयाँ बानेश्वरमा अध्यक्ष कमल थापाले सिँगारिएका रथ र सवारी साधनमा पार्टीको झण्डा राख्दै अभियानमा संलग्न कार्यकर्ताको बिदाइ गरेका हुन् ।

स्वाभिमान यात्राका लागि ताप्लेजुङ जान लागिएका रथहरुमा गाई, स्वयम्भू र पृथ्वीनारायण शाहको मुर्ति राखिएको छ । गाई राखिएको सिंगारिएको रथ पहिलो , स्वयम्भूनाथको मुर्ति राखिएको रथ दोश्रो र तेश्रोमा पृथ्वीनारायण शाहको मुर्ति राखिएको रथ पछि  विभिन्न धर्म र सम्प्रदायको पहिचान झल्किने झाँकीसहितका सवारीसाधनको लस्करकासाथ राप्रपाका कार्यकर्ता काठमाण्डौबाट औपचारिक रुपमा बिदा भइ यात्रामा निस्किएका हुन् ।

स्वाभिमान यात्रामा प्रयोग गर्ने गरी राष्ट्रियता, सनातन धर्म र एकता झल्काउने विम्बसहितका कयौ सामाग्रीहरु तयार पारिएको छ । प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राष्ट्रिय स्वाधिनताको रक्षा र राष्ट्रिय अखण्डताका लागि सबैलाई जागरुक गर्दै राष्ट्रवादी आधारभूमि तयार पार्नकालागि मेची महाकाली यात्रा गर्न लागिएको स्पष्ट पारे ।

राप्रपाले यही फागुन १५ गते ताप्लेजुङबाट मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरु गर्दे छ । सुदूर पूर्वदेखि तराईका विभिन्न जिल्ला हुदै सुदूर पश्चिमसम्म पुगेर फागुन ३० मा काठमाण्डौमा फर्केर यात्रा समापन हुने राप्रपाले जनाएको छ । २ हजार ८ सय १० किलोमिटर दूरी यात्राका क्रममा विभिन्न स्थानमा २ सय बढी सभा गरिने पनि राप्रपाले जनाएको छ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।