logo

नेपाल बैंकले पौने २ अर्बको एफपीओ निष्कासन गर्ने 

    1259   पटक पढिएको


२४ माघ / अर्थ र व्यापार - काठमाडौं । नेपाल बैंक लिमिटेडले चुक्ता पुँजी वृद्धि गर्न प्रिमियम मूल्यमा पौने २ अर्ब रुपैयाँ बराबरको थप सार्वजनिक निष्कासन(एफपीओ) जारी गर्ने भएको छ । बैंकले एक अर्ब ७६ करोड ८७ लाख ८५ हजार ८०० रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।

एफपीओ निष्कासन पछि बैंकको चुक्ता पुँजी हुने छ । एफपीओ पछि सेयर संरचनामा पनि परिर्वतन हुने छ । बैंकका अध्यक्ष जर्नादन आर्चायका अनुसार सरकारको सेयर ५१ प्रतिशत हुनेछ भने सर्बसाधारणको सेयर ४९ प्रतिशत हुनेछ । हाल बैंकको पुँजी ८ अर्ब ३ करोड रुपैयाँ रहेको छ । त्यसमा नेपाल सरकारको ६२ प्रतिशत र सर्बसाधरणको ३८ प्रतिशत सेयर रहेको छ ।

एफपीओ निष्कासनबाट कम्तिमा २ अर्ब रुपैयाँ प्रिमियम आम्दानी हुने र बैंकको संचित नोक्सान पूर्ती भई बैंक पूर्ण स्वस्थ बन्ने अध्यक्ष आर्चायले बताए । सञ्चालक समितिको प्रस्ताव साधारणसभाबाट अनुमोेदन भएपछि वित्तीय विश्लेषण पछि प्रिमियम निर्धारण गरिने उनले बताए  । उत्त निर्णय सार्वजनिक भए लगत्तै बैंकको सेयर मूल्यमा गिरावट देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।