logo

 रोल्पामा नेकपाका पाँच जना कार्यकर्ता सात थान रेडबुल बम सहित पक्राउ

    1268   पटक पढिएको


४ मंसिर  / अर्थ र व्यापार - नेकपाका पाँच जना कार्यकर्ता सात थान रेडबुल बम, ४३ ान बम बनाउने सकेटसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्ुछहरी गाउँपालिकाक हिमलाल पुन ‘हिमाल’, रोल्पा नगरपालिका १० धबाङका धनबहादुर थापा ‘विष्लेषण’, वीरबहादुर वली, सुवर्णावती गाउँपालिका–५ का मिनराज विष्ट र खड्कबहादुर केसी रहेको सर्चमा खटिएका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए । उनीहरुलाई सुवर्णावतीको क्वालीगाउँबाट पक्राउ गरिएको प्रहरी प्रमुख ज्ञानेन्द्र भण्डारीले जानकारी दिए ।

धबाङमा रहेको धनबहादुर थापाको घरमा खानतलासी गर्दा बम बनाउन प्रयोग हुने ४३ थान सकेट फेला परेको प्रहरीले जनाएको छ । उम्मेदवारलाई लक्षित गरी बाक्लो मात्रामा बम विष्फोट हुन थालेपछि रोल्पा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै आएको छ । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले पनि निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न हुने कुरामा ढुक्क हुन सबै मतदातालाई आग्रह गरेका छन् । यसअघि रोल्पा प्रहरीले नेकपा रोल्पाका इन्चार्ज दलबहादुर खत्री ‘जागृति’, जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’, जिल्ला सदस्य टाइगर, लालबहादुर सुनारलाई पक्राउ गरिसकेको छ । उनीहरुसँगै एक थान नलकटुवा पेस्टोलसमेत बरामद  गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।