logo

माओवादीको चुनावी  मोर्चाका चुनावी घोषणापत्र सार्वजनिक 

    1381   पटक पढिएको

 

२२ कात्तिक / अर्थ र व्यापार - काठमाडौं– मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी माओवादीको  चुनावी मोर्चाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । 
बुधबार काठमाडौमा आयोजित कार्यक्रममा सो पार्टीका नेता तथा चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । 
सार्वजनिक गरिएको घोषणापत्र २८ बुँदा र १४ पेजमा समेटिएको छ । जसमा संसदबादी दलहरुलाई यथास्थितिबादी भनिएको छ । रु १० मुल्य नै तोकेर सार्वजनिक गरिएको उक्त घोषणापत्रमा अहिलेका प्रमुख भनिएका राजनीतिक दल र सरकारको राजनीति भण्डाफोर गर्ने तथा उनिहरु चुनावपछि पनि नसच्चिने भएकाले मुलुकको बैकल्पिक शक्ति माओवदी क्रान्तिकारी भएको दावी गरिएको छ । बैद्यको घोषणापत्रमा अहिलेको संघीय संरचना गलत रहेको उल्लेख छ । त्यस्तै उत्कृष्ट भनिएको संविधान अपुरो रहेको तथा परराष्ट्र नीति पञ्चशिलको आधारमा हुनुपर्ने सर्वमान्य मान्यता कुल्चदै त्यसविपपरित संविधान मौन रहेको उल्लेख गरिएको छ । त्यस्तै मुलकलाई स्वतन्त्र र सम्बृद्ध बनाउन १९५० असमान सन्धी खारेज, विप्पा खोरज, भ्रष्टचारीलाई कारबाही गर्न शसक्त काननु बनाउने, १२ कक्षा सम्म निशुल्क गर्ने, हरेक प्रदेशमा ‘रेखरल’ अस्पताल बनाउने र बैज्ञानिक भुमिसुधार लागु गर्ने प्रतिवद्धता  घोषणापत्रमा उल्लेख छ । 

घोषणापत्र सार्वजनिक गर्दै मोर्चाका अध्यक्ष गजुरेलले संविधान नै गलत प्रकृयाबाट जारी गरिएको टिप्पणी गरे । उनले हालको संविधानले जनयुद्ध र जनआन्दोलनलाई सम्बोधन नगरेको भन्दै यसले जनताका इच्छा र आकांक्षा पुरा गर्न नसक्ने भएकाले अझै क्रान्तिको आवाश्यक्ता रहेको जनताले महशुस गरिरहेको दावी पनि गरे । ‘पश्चगामी संविधान बनाइएको छ  क्रान्तिका नायक नै खलनायक भएका छन् ।

संविधानलाई उत्कृष्ट भनेर आतसिवाजी गर्दैछन् तर यसले जनताका समस्या सम्बोधन गर्नै सक्दैन’ सम्बोधनका क्रममा गजुरेलले अरु दल यहि संविधानमा रमाएपनि आफ्नो पार्टी संविधान खारेजीका लागि संघर्ष गरिहेको बताए । ‘हामी यो संविधान अपुरो भयो, यसले जनताका माग पुरा गर्दैन त्यसैले जनगणतन्त्रका लागि हाम्रो प्रयास जारी छ ।’
त्यस्तै गजुरेलले निर्वाचनमा थ्रेसहोल्ड सम्बन्धी व्यवस्था राखेर केही टाउकेले मात्र मुलुकमा राजनीति गर्न खोजेको आरोप लगाए । ‘यस्तो प्रतिकृयाबादी सत्ता ढाल्नुपर्छ, संविधान खारेज हुनुपर्छ भन्ने हाम्रो मान्यता हो यहि मान्यताका कारण अरु दलभन्दा हामी यसैमा फरक छौ ’ गजुरेलको भनाई थियो ।  एमाले र माओवादी अव कम्युनिष्ट नै नरहेको उनको आरोप थियो । ‘नेतिकता, इमान केही छैन, देउवाले अपमान गरेर विनाबिभिागिय बनाउदा समेत सरकारमा बसिरहेका छन् । यो भन्दा लाजमर्दो केहोला ? उनको प्रश्न थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।