logo

महरा सभामुखमा निर्विरोध निर्वा्चित

    1371   पटक पढिएको


२७ फाल्गुन / अर्थ र व्यापार - नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वा्चित भएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा शनिबार बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्य्विधि २०७४ को नियम ६(३) बमोजिम महरा निर्विरोध निर्वा्चित भएको घोषणा गरे । 
सभामुख पदका लागि शुक्रबार भएको उम्मेदवारी मनोनयनमा उनको मात्र उम्मेदवारीको सूचना परेपछि निर्विरोध भएको संघीय संसद् सचिवालयले जनाएको थियो । बैठकमा नेकपा(एमाले)का नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले महरालाई सभामुखमा निर्वा्चित गर्न प्रस्ताव गरेका थिए भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गरे । 
सो बैठकमा प्रस्तावक तथा समर्थकले लामो संसदीय अनुभवको गरिमालाई कायम राख्दै संविधान कार्यान्वयनका लागि विभिन्न कानून तयार गर्नुपर्ने र मुलुकको समृद्धिका लागि संसद्लाई एक ढिक्का बनाएर अघि बढाउन महराको नेतृत्वले काम गर्नसक्ने अपेक्षा गरेको बताए । सो प्रस्तावको नेपाली कांग्रेसका डा. मीनेन्द्र रिजालले समर्थन गरेका थिए । उनले सबै पक्षलाई समेटेर र आवश्यक पर्दा सरकारलाई सहयोग, सचेत र निर्देशन गर्नेगरी भूमिका निर्वाह गर्न आग्रह गरे । 
निर्वा्चित भएपछि सभामुख महराले जनताले निर्माण गरेको संविधान कार्यान्वयनलाई मुख्य केन्द्रमा राखेर आफूले जिम्मेवारी बहन गर्ने बताए । सभामुखमा निर्वा्चित भएको औपचारिक घोषणापछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान कार्यान्वयनका लागि आवश्यकपर्ने कानून निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । सभामुख महराले भने, “सबै राजनीतिक दलले महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ, अब मुलुकलाई आवश्यक पर्ने कानून निर्माणमा मेरो प्राथमिकता हुनेछ ।”
उनले सबै नेपाली जनताको आस्था र मनोविज्ञानलाई सम्बोधन गर्ने र सबै समस्याको निकास निकाल्ने थलोका रुपमा संसद् रहेकाले त्यसलाई मनन गरेर आफू अघि बढ्ने बताए । निर्वा्चित भएपछि महरालाई प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका सांसद र संसद् सचिवालयका कर्मचारीले बधाई दिएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।