logo

मोरङमा वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितलाई लक्षित गरी बम विस्फोट

    1333   पटक पढिएको


१२ मंसिर / अर्थ र व्यापार - मोरङ ६ नम्बर क्षेत्रका वाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार लालबाबु पण्डित र प्रदेश सभा (क) का उम्मेदवार जीवन आर्चायलाई लक्षित गरेर विस्फोट गराएको प्रहारबाट जोगिन सफल भएका छन् । चुनाव प्रचारप्रसारका लागि ६ नम्बर क्षेत्रको प्रदेश सभा क मा पर्ने ६ नम्बर वडास्थित डंग्राहा जाने क्रममा आज मंगलबार बिहान राजमार्गमा राखेर बिस्फोट गराएको सुतली बमको प्रहारबाट जोगिन सफल भएका हुन ।

चुनावी सभालाई सम्बोधन गर्न जानेक्रममा डंग्राहातर्फ जादै गरेको समयमा बुढीगंगा ५ स्थित मनमोहन पोलिटेक्निक कलेज नजिकै नहरको डिलमा राखेको सुतली बम मंगलबार बिहान साढे आठ बजेतिर बिस्फोट भएको थियो । उम्मेदवार पण्डित र आर्चाय सवार जिपको१० मिटर अगाडि उक्त बम विस्फोट भएकोले कुनै मानवीय क्षति हुन नपाएको उम्मेदवार पण्डितका स्वकीय सचिव बसिम आलमले बताए ।

मोरङका एसपी अरुण बिसीले अज्ञात समूहले लक्षित गरेर नहरमा राखेर सुतली बम बिस्फोट गराएको तर, उम्मेदवारहरु सुरक्षित रहेको बताए । उनले भने, ‘अबस्था समान्य छ, उहाँहरु प्रहरीसँगै आफनो चुनावी प्रचार अभियानमा सरिक भइरहनु भएको छ ।’ सोमबार दिउँसो पनि बिराटनगर कञ्चनबारी स्थित एयरपोर्ट मोड नजिकै सुतली बम फेला परेको थियो । यसैगरि इलाका प्रहरी बेलबारीले केरावारी गाउँपाकिला स्थित जंगलबाट ६ थान सकेट बम गोप्य सुचनाका आधारमा मगलबार नै बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।