logo

नयाँ सरकार गठन र पार्टी एकताको छलफल आज हुने

    1625   पटक पढिएको


११ पुस / अर्थ र व्यापार - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो ३ बजे मात्र काठमाडौं फर्कने भएका छन् । गत शुक्रबार चितवन प्रस्थान गरेका ‘प्रचण्ड’ उतैका साना तिना कार्यक्रममा अल्झिएका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठित एकता संयोजन समितिको गत शनिबार बस्ने भनिएको बैठक प्रचण्डको अनुपस्थितिमा अझै बस्न सकेको छैन ।

निर्वाचनपछि एकपटक पनि दुई पार्टीको बैठक बसेको छैन । ‘प्रचण्ड’ले चितवनबाट फर्किए लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ‘वान टू वान’ छलफल गर्ने कार्यक्रम छ । ‘प्रचण्ड’का प्रेस संयोजक मनहरी तिमल्सिनाले ओलीसँगको छलफलपछि मात्र पार्टी एकता संयोजन समितिको बैठकबारे टुङ्गो लाग्ने बताए ।

‘प्रचण्ड’ले राजधानी बाहिर रहँदा दिएका अभिव्यक्तिका कारण एमालेभित्र संशय पैदा भएको छ। ‘प्रचण्ड’ले चितवनमा सरकारमा आलोपालो नेतृत्वको सहमति भएको बताएका थिए। त्यस्तै, राष्ट्रिय सभामा कांग्रेसको आवश्यकता रहेको बताउँदै एकल संक्रमणीय निर्वाचन प्रणालीमा लचकता देखाएका थिए । प्रचण्ड रओलीबीच आज हुने बैठक सर्वा्धिक चासोको साथ हेरिएको छ ।
एमाले र माओवादीका कतिपय नेताले पार्टी एकतामा कुनै समस्या नरहेको बताएका छन्। केही दिनमै गठबन्धन सरकार र दुई पार्टीबीच एकताको खाका बाहिर आउने उनीहरूले दाबी गरेका छन् । कतिपय नेताले भने दुवै पार्टीको शीर्ष नेतृत्व एकअर्कासँग टाढिइसकेको र संयुक्त सरकार तथा पार्टी एकताको सम्भावना पनि टाढिँदै गएको टिप्पणी गरेका छन् । दाहाल मंगलबार चितवनबाट काठमाडौं फर्केपछि बस्ने भनिएको दुई पार्टी संयोजन समिति बैठकले यी अड्कलबाजीबारे थप संकेत गर्नेछ । उनले सरकार गठन र पार्टी एकतामा आफूलाई सजिलो होस् भनेर एमालेमाथि दबाब बढाउन मात्र यसरी बाहिर बोलेका हुन् वा एमालेसँग बाटो अलग गर्ने पृष्ठभूमि तयार पार्न खोजेका हुन् भन्ने प्रस्ट हुनेछ ।

एमाले नेता विष्णु रिमालले दाहाल काठमाडौं फर्किएपछि दुई शीर्ष नेताबीच आजै छलफल हुने सम्भावना रहेको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।