logo

नयाँ सरकार गठन र पार्टी एकताको छलफल आज हुने

    1296   पटक पढिएको


११ पुस / अर्थ र व्यापार - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो ३ बजे मात्र काठमाडौं फर्कने भएका छन् । गत शुक्रबार चितवन प्रस्थान गरेका ‘प्रचण्ड’ उतैका साना तिना कार्यक्रममा अल्झिएका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठित एकता संयोजन समितिको गत शनिबार बस्ने भनिएको बैठक प्रचण्डको अनुपस्थितिमा अझै बस्न सकेको छैन ।

निर्वाचनपछि एकपटक पनि दुई पार्टीको बैठक बसेको छैन । ‘प्रचण्ड’ले चितवनबाट फर्किए लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ‘वान टू वान’ छलफल गर्ने कार्यक्रम छ । ‘प्रचण्ड’का प्रेस संयोजक मनहरी तिमल्सिनाले ओलीसँगको छलफलपछि मात्र पार्टी एकता संयोजन समितिको बैठकबारे टुङ्गो लाग्ने बताए ।

‘प्रचण्ड’ले राजधानी बाहिर रहँदा दिएका अभिव्यक्तिका कारण एमालेभित्र संशय पैदा भएको छ। ‘प्रचण्ड’ले चितवनमा सरकारमा आलोपालो नेतृत्वको सहमति भएको बताएका थिए। त्यस्तै, राष्ट्रिय सभामा कांग्रेसको आवश्यकता रहेको बताउँदै एकल संक्रमणीय निर्वाचन प्रणालीमा लचकता देखाएका थिए । प्रचण्ड रओलीबीच आज हुने बैठक सर्वा्धिक चासोको साथ हेरिएको छ ।
एमाले र माओवादीका कतिपय नेताले पार्टी एकतामा कुनै समस्या नरहेको बताएका छन्। केही दिनमै गठबन्धन सरकार र दुई पार्टीबीच एकताको खाका बाहिर आउने उनीहरूले दाबी गरेका छन् । कतिपय नेताले भने दुवै पार्टीको शीर्ष नेतृत्व एकअर्कासँग टाढिइसकेको र संयुक्त सरकार तथा पार्टी एकताको सम्भावना पनि टाढिँदै गएको टिप्पणी गरेका छन् । दाहाल मंगलबार चितवनबाट काठमाडौं फर्केपछि बस्ने भनिएको दुई पार्टी संयोजन समिति बैठकले यी अड्कलबाजीबारे थप संकेत गर्नेछ । उनले सरकार गठन र पार्टी एकतामा आफूलाई सजिलो होस् भनेर एमालेमाथि दबाब बढाउन मात्र यसरी बाहिर बोलेका हुन् वा एमालेसँग बाटो अलग गर्ने पृष्ठभूमि तयार पार्न खोजेका हुन् भन्ने प्रस्ट हुनेछ ।

एमाले नेता विष्णु रिमालले दाहाल काठमाडौं फर्किएपछि दुई शीर्ष नेताबीच आजै छलफल हुने सम्भावना रहेको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।