logo

पौडेलले २५ वर्षमा नगरेको विकास ५ वर्षमा गर्ने सांसद श्रेष्ठको दावी

    1530   पटक पढिएको

४ असोज / अर्थ र व्यापार- प्रतिनिधि सभा सदस्य तथा तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले कांग्रेस नेता रामचन्द्र पौडेलले विगतका २५ वर्षसम्म नगरेको जिल्लाको विकास आफूले ५ वर्ष भित्र गरेर देखाउने दावी गरेका छन । 

भानु नगरपालिका–३, तुरतुरे स्थित जनजागृती माविमा सञ्चालित शैक्षिक तथा धार्मिक महोत्सवको तेस्रो दिन सांसद श्रेष्ठले कांग्रेस नेताहरु २५ बर्ष सम्म जिल्लाको विकासको लागि केही काम नगर्ने तर चुनाव हारेपछि कम्युनिष्टले केही गर्न सकेनन् भनेर प्रचारबाजीमा उत्रिएको आरोप समेत लगाए । आँफू सांसदमा निर्वाचित भएको ६ महिना मात्रै भएको भन्दै सांसद श्रेष्ठले अहिल्यै किसानले समेत केही गर्न सकेन भनेर कांग्रेस नेताहरुले जनतामा भ्रम फैलाउन प्रयास गरेको बताए ।

आफूले जे गर्न सक्छु त्यही मात्रै चुनावको बेला बोलेको भन्दै सांसद श्रेष्ठले आँफूले बोलेका कुराहरु पूरा गरेरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे । तनहुँका सबै निकायमा गरि ४ अर्बभन्दा बढि बजेट आएको र त्यो बजेट संघीय सरकारकै भएको समेत सांसद श्रेष्ठको भनाई थियो । सो अवसरमा सांसद श्रेष्ठले आफ्नो एक महिना बराबरको तलब महायज्ञलाई सहयोग गर्ने घोषणा समेत गरे । सांसद श्रेष्ठले हालसम्म आफुले सांसदको रुपमा पाएको सबै तलव जिल्लाका विभिन्न संघ–संस्थालाई मासिकरुपमा उपलब्ध गराउँदै आएका जनाएका छन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।