logo

रुकुममा मतपेटिका बोकेको कर्मचारीहरुलार्ई लक्षित गरी बम प्रहार

    1381   पटक पढिएको


११ मङिसर / अर्थ र व्यापार - रुकुम– चौरजहारीबाट जिल्ला सदरमुकाम मुसीकोट खलंगा ल्याउँदै गरेको मतपेटिका बोकेका कर्मचारीहरुलाई लक्षित बम विस्फोट भएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ६ घर्तीकाँडामा बम विस्फोट भएको हो । आइतबार साँझ ९ः५० बजे बम प्रहार भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । उक्त टोलीले चौरजहारी नगरपालिकाका ६, १०, ११, १२, १३ र १४ वटाका मतपेटीकाहरु ल्याइँदै थियो । बाटोमाथि बम परेकाले मतपेटिका र कमर्चारहरुलाई क्षति पुगेको छैन ।

बम प्रहार भएपछि उक्त मतपेटीकाहरु इलाकार प्रहरी कार्यालय चौरजहारीमा लगिएको थियो । उक्त मतपेटिकाहरु आज जिल्ला सदरमुकाम ल्याउने सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मत पेटीकाहरु जिल्ला सदरमुकाम मुसीकोट खलंगा आउने क्रम जारी छ । यहाँका मतहरु सुरक्षा व्यवस्थाका साथ जिल्ला समन्वय समितिमा राखिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनविरोधी गतिविधि गर्नेले उक्त बम प्रहार गरेको हुन सक्ने प्रहरी प्रशासनले अनुमान गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।