logo

ओखलढुंगा जिल्लामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने

    1462   पटक पढिएको


१ मंसिर / अर्थ र व्यापार - ओखलढुंगा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ओखलढुंगा जिल्लामा एक हजार १२८ जना कर्मचारी खटाइने भएको छ । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० हुन लागेको निर्वाचनका लागि यस जिल्लामा एकहजार १२८ कर्मचारी खटाउन लागेको ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो । 

मुख्य निर्वाचन अधिकृत केसीका अनुसार निर्वाचनका लागि खटाइने कर्मचारीको नामावली तयार पारिसकिएको छ । यही मंसिर ७ गते तोकिएको मतदान केन्द्रहरुमा पुग्ने गरी कर्मचारी परिचालन गरिनेछ । एकसय ४१ मतदान अधिकृत, १४१ जना सहायक मतदान अधिकृत निर्वाचनमा खटिएका छन् । निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृतसहित एक मतदान केन्द्र बराबर चार सहायक कर्मचारी र दुईजना सहयोगी कर्मचारी गरी आठजना कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृत केसीले बताउनुभयो । 

निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री जिल्ला आइपुगिसकेका छन् भने निर्वाचन सामग्री सम्बन्धित निर्वाचनस्थलहरुमा पठाउने तयारी भइरहेको छ । जिल्लामा एक नगरपालिकासहित सातवटा गाउँपालिकाभित्र १४१ मतदान केन्द्रमार्फत मतदान हुँदैछ । प्रतिनिधिसभाको चुनावमा एक लाख दुई हजार २६३ जना मतदाताले मतदान गर्दैछन् । निर्वाचनको सुरक्षाका लागि सम्पूर्ण मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी खटिएका छन् । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।