logo

ओखलढुंगा जिल्लामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने

    1247   पटक पढिएको


१ मंसिर / अर्थ र व्यापार - ओखलढुंगा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ओखलढुंगा जिल्लामा एक हजार १२८ जना कर्मचारी खटाइने भएको छ । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० हुन लागेको निर्वाचनका लागि यस जिल्लामा एकहजार १२८ कर्मचारी खटाउन लागेको ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो । 

मुख्य निर्वाचन अधिकृत केसीका अनुसार निर्वाचनका लागि खटाइने कर्मचारीको नामावली तयार पारिसकिएको छ । यही मंसिर ७ गते तोकिएको मतदान केन्द्रहरुमा पुग्ने गरी कर्मचारी परिचालन गरिनेछ । एकसय ४१ मतदान अधिकृत, १४१ जना सहायक मतदान अधिकृत निर्वाचनमा खटिएका छन् । निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृतसहित एक मतदान केन्द्र बराबर चार सहायक कर्मचारी र दुईजना सहयोगी कर्मचारी गरी आठजना कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृत केसीले बताउनुभयो । 

निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री जिल्ला आइपुगिसकेका छन् भने निर्वाचन सामग्री सम्बन्धित निर्वाचनस्थलहरुमा पठाउने तयारी भइरहेको छ । जिल्लामा एक नगरपालिकासहित सातवटा गाउँपालिकाभित्र १४१ मतदान केन्द्रमार्फत मतदान हुँदैछ । प्रतिनिधिसभाको चुनावमा एक लाख दुई हजार २६३ जना मतदाताले मतदान गर्दैछन् । निर्वाचनको सुरक्षाका लागि सम्पूर्ण मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी खटिएका छन् । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।