logo

 नुवाकोटमा रमेश महतमाथि लक्षित गरेर बम प्रहार, काङ्ग्रेसका ५ जना प्रचार टोली घाइते 

    1378   पटक पढिएको


१ मंसिर / अर्थ र व्यापार - नुवाकोट– काङ्ग्रेसको चुनाव प्रचार टोलीमाथि लक्षित गर्दै नुवाकोटमा बम विष्फोट भएको छ । नुवाकोट निर्वाचन क्षेत्र नं १ अन्तर्गत ख का प्रदेश उम्मेदवार रमेश महतमाथि लक्षित गरेर बम विष्फोट भएको हो । 
ककनीको चियावगानमा भएको विष्फोटबाट उम्मेदवार महत सुरक्षित रहेपनि उनीसँगै रहेको अर्को गाडी एम्बुसमा परेको छ । जसका कारण काङ्ग्रेसका ५ जना कार्यकर्ता गम्भिर घाइते भएका छन् । घाइते हुनेहरुमा भेषकुमार लामा, उपेन्द्र मिश्र लगायत छन् । उनीहरुलाई उपचारका लागि काठमाडौ ल्याउने तयारी भइरहेको छ । 

प्रत्यक्षदर्शीका अनुसार २ वटा कुकर बम विष्फोट भएका थिए । विष्फोटबाट बा १६ च ६६५ नम्बरको गाडी पूर्णतया ध्वस्त भएको छ । महतसहितको टोली चुनावी प्रचार प्रसारका क्रममा आज बिहान ककनी पुगेको थियो । टोली ककनीमा घरदैलो सकेर चतुरचलेतर्फ जादै गरेको अवस्थामा उम्मेदवार महत चढको गाडीलाई लक्षित गरेर एम्बुस राखिएको बताइएको छ । महत सावर गाडी बा १४ च १६४१ नम्बरको गाडी अगाडी कटेलगत्तै सँगैको अर्को गाडी एम्बुसमा परेको हो ।

यसैवीच उम्मेदवार महतले घटनालाई अत्यन्त निन्दनीय भन्दै खेद व्यक्त गरेका छन् । रातोपाटीसँगको प्रतिकृयामा काङ्ग्रेसको जित निश्चित भएपछि यस्तो षड्यन्त्र भएको हुनसक्ने महतको प्रतिकृया छ । यता, प्रहरीले बम आक्रमणमा तीन जना गम्भिर घाइते भएको र उनीहरुलाई हेलिकप्टरमार्फत उपचारको लागि काठमाडौँ लाने तयारी भइरहेको जानकारी दिएको छ । घटना कसले घटाएको भन्ने अझै यकिन नभएको एसपी वीरेन्द्र कुमार बस्यालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।