logo

जाजरकोटमा एमालेको युवासंघ अध्यक्षले कुटे एमालेकैे नेता

    1630   पटक पढिएको


१६ पुष / अर्थ र व्यापार - जाजरकोटमा एमालेको भातृसंगठन युवासंघ नेपालका कार्यकर्ताहरूले एमालेकै नेता कुटेका छन् । सडक निर्माणको विषयमा विवाद हुँदा एमाले जाजरकोटका नेता एवम् भेरी नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष चन्दबहादुर शाही र उनका छोरा महेन्द्रबहादुर शाहीलाई युवा संघका कार्यकर्ताहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् ।

युवा संघका जिल्ला अध्यक्ष दिपेन्द्र शाहीको समूहले वडा अध्यक्ष शाही र उनका छोरा माथि शनिबार साँझ आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेश रिमालले जानकारी दिए । उनीहरूको टाउको र अनुहारमा गम्भीर चोट लागेको चन्द्रबहादुरका भाइ गंगाबहादुर शाहीले बताए ।  शाही र उनका छोरालाई आक्रमण गर्नु अघि पेस्तोलबाट ३ राउण्ड फाइरिङ्ग समेत भएको स्थानीय जीतबहादुर चन्दले बताए ।  घाइतलाई प्राथमिक उपचारपछि कोहलपुर मेडिकल कलेजमा  शनिवार राति नै लगिएको गंगा शाहीले बताए । उनले  वडाध्यक्ष शाही गम्भीर अवस्थामा रहेको समेत बताए ।  
 
स्याउलीबजार देखि  पुन्माको सरस्वती मावि  हुँदै पातिहाल्ना सडक निर्माणको विषयमा विवाद हुँदा उनीहरूबीच झगडा भएको बतांइएको छ । सडक निर्माण कामको जिम्मा दिपेन्द्रले आफूले पाउनु पर्ने दावी गरेको भएपनि वडा अध्यक्ष शाहीले सडक निर्माण काम डिलबहादुर शाहीलाई  दिएपछि उनीहरु बीच विवाद भएको स्थानीयवासीको भनाइ छ ।  सडक निर्माणको काम आफूलाई नदिएको भन्दै वडाध्यक्ष शाहीमाथि आक्रमण भएको प्रहरीको भनाइ छ । 

वडाध्यक्ष शाहीलाई युवासंघ जाजरकोटका अध्यक्ष दिपेन्द्र शाही, अन्य युवाहरू सुशील शाही, बुद्धिमान शाही, मानबहादुर शाही, सूर्य विक, यज्ञ शाही, देवबहादुर शाही लगायत ३० जनाले आक्रमण गरेको प्रहरी प्रमुख रिमालले जानकारी दिए । उनीहरूको खोजी भइरहेको रिमालले बताए । 

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट शाही एमालेबाट वडा अध्यक्ष बनेका थिए । वडाध्यक्ष शाही र  युवा संघका अध्यक्ष शाहीकाबीचमा स्थानीय तहको निर्वाचनकै बेला विवाद भएको स्थानीय एमाले कार्यकर्ताहरू बताउँछन् । वडाध्यक्ष शाही माधव नेपाल पक्षका हुन भने युवा संघका अध्यक्ष शाही केपी ओली पक्षका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।